-->
प्रचण्ड : थुन्ने नै हो भने पहिला मलाई थुन, त्यसपछि शेरबहादुरलाई


काठमाडौँ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन मुद्दामा कारबाही सुरु गर्ने भए पहिला आफैबाट सुरु गरी जेल हाल्न चुनौति दिएका छन्।
जनयुद्ध आफ्नो नेतृत्वमा भएको, जनमुक्ति सेनाको सुप्रिम कमान्डर आफै भएको र पार्टी नेतृत्वमा पनि आफै भएकोले सबैभन्दा जिम्मेवार आफू नै भएको भन्दै उनले आफूलाई जेल हालेरमात्रै द्वन्द्वकालीन मुद्दामा कारबाही सुरु गर्नुपर्ने बताए।
पाँच दलीय संयुक्त समितिको आयोजनामा काठमाडौँमा आयोजित वृहत् शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले भने, ‘शान्ति प्रक्रिया विपरीत मुद्दाहरु उठाइन्छ, र अदालतको नियमित प्रक्रियाबाट अघि बढाइन्छ भने पहिला मलाई कारबाही गर्नुपर्योल, मबाट सुरु गर्नुपर्यो।‘
त्यतिबेला शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको हुनाले उनलाई पनि थुन्नुपर्ने जिकिर प्रचण्डको थियो।
‘हैन भने जनतालाई, कार्यकर्तालाई सताउन बन्द गर्नुपर्यो ‘, उनले भने।
यी मुद्दाबाट त्यतिबेला पार्टीको नेतृत्वमा मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराई पनि भाग्न नपाउने बताउँदै प्रचण्डले आफूविरुद्ध ३७ वटा मुद्दा रहेको जानकारी पाएको बताए।
‘बाबुरामविरुद्ध १६ र रामबहादुर थापा ‘बादल’ विरुद्ध ४ वटा मुद्दा रहेका छन्,’ उनले भने।
(पहिलोपोस्टबाट)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.