सिरियाका पूर्वमन्त्रीको आक्रमणमा परी मृत्यु
सिरिया, जेठ । लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा मृत्यु भएको न्युज एजेन्सीलेहरूले जनाएका छन् ।
उनका सरकारी सेना तथा विद्रोहीबीच लिबियाको सिर्त क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएको बताइएको छ ।
सोआलेमले अलि जैदानको मन्त्रिमण्डलमा श्रममन्त्रीका रुपमा सन् २०१२ देखि सन् २०१४ सम्म कार्यभार सम्हालेका थिए ।
पूर्व शासक मोहम्मर कद्दाफीको पडक रहेको तथा विद्रोहीको आश्रयस्थल सिर्तको अबुग्रेन क्षेत्रमा भएको उक्त झडपमा सरकारी पक्षका पाँच सेनाको पनि मृत्यु भएको लानाले बताएको छ ।
सरकारी हवाई सैन्य बलद्वारा उक्त क्षेत्रमा गरेको कारबाहीमा विद्रोही पक्षको पनि व्यापक क्षति भएको बताइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...