भारतको देहरादुनमा पहिरोमा परेर १० नेपालीको मृत्यु
काठमाडौं, जेठ १० – भारतको देशरादुनमा पहिरोमा परी १० जना नेपालीको ज्यान गएको छ । आइतबार राति तीब्र गतिमा हावाहुरी चलेपछि चट्टान मुनि ओत लाग्न गएका बेला उनीहरुलाई पहिरोले पुरेको हो ।
आइतबार राति पहिरोमा पुरिएका १० जना नेपाली कामदारको शव सोमबार दिउँसो निकालिएको भारतीय अधिकारीले बताएका छन् । देहरादुनको सदरमुकामबाट एक सय ५० किलोमिटर दूरीमा रहेको चित्रा गाउँको ट्युनीमा गएको पहिरोमा परेर नेपाली कामदारको ज्यान गएको हो । १६ जना कामदार चट्टान मुनि ओत लाग्न गएकोमा ६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको ट्युनी र एक जनाको देहरादुमा उपचार भइरहेको छ ।
सोमबार बिहानैदेखि उद्धारको काम गरिएको थियो । पाँच घण्टाको प्रयासपछि शव निकालिएको उद्धारमा घटिएका प्रहरीले बताए । ज्यान जानेमा सडक निर्माण मजदुरको रुपमा कार्यरत नेपाली रहेको पुष्टी भएपनि उनीहरुको परिचय भने खुलेको छैन । उनीहरुको पोष्टमार्टम गरी देहरादुनमा नै अन्तिम संस्कार गरिने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...