-->
कञ्चनपुरका दुई सडक उच्च प्राथमिकतामा

१ जेठ, कञ्चनपुर। बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कञ्चनपुरका दुई सडक निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

सम्भावित प्रादेशिक सडकअन्तर्गत पर्ने कलुवापुर बेलौरी सडक र बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्रसम्मको सडकलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हो ।

बेलौरी कलुवापुर सडक निर्माणका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन भई बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढेको व्यवस्थापिका संसद्का सांसद कृपाराम रानाले बताए ।

योजनाको पूर्व तयारी र ठेक्का पूर्वका सबै प्रक्रिया पूरा गरी कार्यक्रम स्वीकृत गराई कार्य प्रगतिका आधारमा बजेट निकासा हुने शर्तमा बहुवर्षीय ठेक्कामा जाने सहमति भएको उनले बताए ।

“आगामी वर्षको बजेटमा सिलिङभित्र प्राथमिकता दिई प्रस्ताव गर्ने सहमति भएको छ” –उनले भने । झन्डै २४ किलोमिटर लम्बाइको कलुवापुर बेलौरी सडक सञ्चालनमा आएको ४९ वर्षपछि कालोपत्रेका लागि बजेट विनियोजन भएको हो ।

यसैगरी, बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्र बैजनाथ मन्दिरसम्मको सडक बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा निर्माण निर्माण गरिने भएको छ ।

आव ०७२÷७३ देखि निर्माण कार्य सञ्चालन गर्न नौ करोड ७८ लाख क्रमागत बजेट स्वीकृत भएको सांसद रानाले बताए ।

बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढाउनका लागि मन्त्रिस्तरीय निर्णय भइसकेको उहाँले जानकारी दिए । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा समेत स्वीकृति प्रदान गरिएको उहाँले जानकारी दिए । ठेक्काअन्तर्गत सडक स्तरोन्नति, कल्र्भट निर्माण र कालोपत्रे लगायतका कार्य हुनेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.