-->
डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा मंगलबार राति सार्वजनिक हुँदैछ। सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक तथा शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक हुन लागेकाे हो।
डिभी चिठ्ठाकाे अाधिकारिक वेबसाइट https://www.dvlottery.state.gov मा गएर डिभी परे नपरेकाे हेर्न सकिनेछ। नतिजा जाँच गर्न डिभी भर्दा दिइएकाे कन्फरमेसन नम्बर अावश्यक पर्नेछ।
DV
युएस डिपार्टमेन्ट अफ स्टेटकाे ब्युराे अफ काउन्सुलर अफेयर्सकाे साइटले अमेरिकाकाे इस्टर्न डेलाइट टाइम (इडिटी) अनुसार ३ मे मध्यान्हदेखि डिभीकाे परिणाम अाउने उल्लेख गरेकाे छ। त्याे भनेकाे नेपाली समयअनुसार अाज राति ९:४५ बजेपछि हाे।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.