-->
खेलाडी किन्न पाँच करोड ४० लाख पाउन्ड

लन्डनः इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ सिजनका लागि खेलाडी भित्र्याउन पा“च करोड ४० लाख पाउन्ड खर्च गर्ने भएको छ ।
कुनै समय युरोपकै शक्तिशाली टोली रहेको म्यान युनाइटेड पछिल्लो समय घरेलु प्रतियोगितामै कमजोर देखिन थालेपछि क्लबले आफूलाई फेरि पुरानै लयमा फर्काउने प्रयत्न थालेको छ ।
त्यसका लागि यो सिजन युरोपियन फुटबलमा सफल देखिएका पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई भित्र्याउने लगभग पक्का गरिसकेको म्यान युनाइटेडले उनको नेतृत्वमा खेलाडी खरिद गर्न रकमसमेत छुट्याइसकेको छ ।
क्लबले आफूले भित्र्याउन चाहेको खेलाडीको सूचीसमेत तय गरिसकेको छ । बेलायती सञ्चारमाध्यमले जनाएअनुसार म्यान युनाइटेडले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका सउल निगुइजलाई पहिलो प्राथमिकतामा राखेको छ ।
रक्षात्मक र आक्रामक मिडफिल्ड दुवैमा उत्तिकै सशक्त यी स्पेनी फुटबलर एटलेटिको म्याड्रिडको पछिल्लो सफलतामा महत्वपूर्ण साबिक हुँदै आइरहेका छन् ।
घरेलु स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोना र रियल म्याड्रिडलाई अन्तिमसम्म पनि गतिलो चुनौती दिएको निगुइजको टोली एटलेटीकोले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा यसै साता रियलसँग प्रतिस्पर्धा गर्दैछ ।
सन् २०१३ देखि २०१४ सम्म लोनमा रायो भालेकानोमा बिताएका उनले मुख्य डिफेन्डरको भुमिका समेत निभाएका थिए । त्यसैले प्रशिक्षक माउरिन्होले पनि उनका लागि बढी नै इच्छा देखाएको बताइएको छ ।
उनले स्पेनको उमेरसमूहको टोलीबाट ४७ खेल खेलेका छन् । सिनियर टोलीबाट भने अझै अवसर पाउन बाँकी छ । गत पर्ष उनी कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण खेल तथा आसन्न युरो कपको छनोटअन्तर्गत बेलारुसविरुद्धको खेलका लागि टोलीमा परेका थिए । तर उनले मैदानमा उत्रनै अवसर भने पाएनन् ।
प्रशिक्षक भिसेन्टे डेल बोस्कले उनलाई अर्काे महिनाबाट फ्रान्समा सुरु हुने युरो कपका लासग फेरि पनि टोलीमा समावेश गरेका छन् ।
म्यान युनाइटेडलाई निगुइजलाई भित्र्याउन भने बढी नै मूल्य चुकाउनुपर्नेछ । एटलेटीकोले उनलाई हालै प्रतिसाता ८० हजार पाउन्डमा सम्झौता गरेको छ, जुन सन् २०२१ सम्म जारी रहने छ ।
त्यसमाथि निगुइज एटलेटीकोका समर्थकहरूबाट रुचाइएका खेलाडी पनि हुन् । उनको प्रशिक्षक सिमोनस“ग पनि राम्रो सम्बन्ध छ । त्यसले पनि म्यान युनाइटेडलाई निगुइज भित्राउन बाधा पु¥याउन सक्नेछ ।
अन्य खेलाडीका बारेमा भने क्लबका कार्यकारी उपाध्यक्ष इद उडवार्ड, प्रशिक्षक मोउरिन्हो र उनका एजेन्ट मेन्डेसले अझै छलफल गरिरहेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.