आइपिएलमा हैदरावादलाई हराउँदै दिल्ली तेस्रो स्थानमा
काठामाडौं वैशाख ३१ – ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससँग पराजित भएको छ । बिहीबार राती भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले हराएको हो ।
दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १४६ रन बनायो । हैदरावादका कप्तान डेविट वार्नरले ३० बलमा सर्वाधिक ४६ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।
१ सय ४७ रनको लक्ष्य पाएको दिल्लीले ११ बल बाँकी छँदै लक्ष्य भेट्टायो । दिल्लीले १८ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा १५० रन जोड्यो । जितसँगै दिल्ली १२ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यस अघि तेस्रो स्थानमा रहेको कोलकत्ता नाइड राइडर्सलाई रनरेटका आधारमा पछि पार्दै दिल्ली तेस्रो स्थानमा उक्लिएको हो । हैदरावाद भने १४ अंक सहित तालिकाको शीर्ष स्थानमा नै कायम छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...