पेट्रोलियम खानी खोज्न उद्योगी मन्त्री र चिनियाँ टोली दैलेखमा
काठमाडौं, वैशाख २४ – पेट्रोलियम खानीको संभाव्यता अध्ययनका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ विज्ञको टोली दैलेख प्रस्थान गरेको छ ।
नेपाल सरकार र चिनियाँ सरकारबिच भएको सम्झौता अनुसार पेट्रोलियम पदार्थको संभाव्यता अध्ययन गर्न चिनियाँ टोली नेपाल आएको र टोलीले दैलेखबाट काम सुरु गर्ने उद्योगमन्त्री
पाण्डेयले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना गरेको चिन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम खानी अन्वेषणका लागि चीनले सहयोग गर्ने सम्झौता भएको थियो । सम्झौताको एक महिनामा नै चिनियाँ टोली नेपाल आएको हो । सम्झौता अनुसार नेपालमा रहेका खानीमा के कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउने र उत्खनन्मा समेत चिनले सहयोग गर्ने छ ।
टोलीले दैलेख लगायत चुरे पहाड रेन्जका पाल्पा, चतरा लगायतका स्थानमा २५ दिनसम्म अध्ययन गर्नेछ । टोलीले अध्ययन पछि परिणाम अनुसार उत्खनन् गर्ने वा नगर्ने निर्णय गरिने खानी विभागले जनाएको छ ।
नेपालमा रहेका प्राकृतिक ग्यास तथा पेट्रोलियम खानीहरुको उत्खनन् भएमा देशको इन्धन समस्या समाधान हुनुका साथै, मुलुक आत्मनिर्भतातर्फ उन्मुख हुने विश्वास गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...