-->
जाजरकाेटका महेन्द्र मलेसिया गएकाे तिन बर्षदेखी सम्पर्क बिहीन

जाजरकोट । वैदेशिक रोजगारीका लागि मलेसिया गएका टालेगाउँ–१ जाजरकोटका महेन्द्रसिंह तीन वर्षदेखि सम्पर्कविहीन छन् । कमाइ गर्न विदेश गएका महेन्द्र सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा छन् ।
आर्थिक अवस्था कमजोर भएकाले बेखबर महेन्द्रको खोजी उनको परिवारले गर्न सकेको छैन । महेन्द्र मलेसियाको सलङ्गार जिल्लास्थित एल आइ कम्पनीमा घडी रेडियोसम्बन्धी कामका लागि गएका हुन् ।
ललितपुरको जावलाखेलस्थित लक्की एचआर म्यानपावर प्रालिमार्फत रु एक लाख ३५ हजार बुझाई मलेसिया गएका महेन्द्र २०७० कात्तिकदेखि सम्पर्कविहीन भएको उहाँकी आमा गङ्गा सिंहले बताउनुभयो ।
छोरोलाई विदेश पठाउने एजेन्ट तथा म्यानपावर कम्पनीले कहिले केटी केशमा विवाद भएर काम गर्ने कम्पनी छोडेर भाग्यो भन्ने त कहिले अरुको पैसा लगेर भाग्यो भन्ने गरेको आमा गङ्गाले बताउनुभयो ।
मरेको भए लाश, बाँचेको भए सासको लागि आफूले बारम्बार एजेन्ट लक्की एच आर म्यानपावर प्रालि जावलाखेल ललितपुरका प्रतिनिधि तिला काफ्ले तथा जाजरकोट टालेगाउँकै हस्तकला चलाउनेलाई फोन गरिरहेको गङ्गाको भनाइ छ ।
उनीहरुले प्रत्येक पटकमा कुरा फेर्ने गरेकाले मिलोमतोमा छोराको अवस्था यस्तो भएको आमा गङ्गाको शङ्का छ । आँखाभरि आँसु पार्दै महेन्द्रकी आमाले “विदेश गएर दुःख गरी केही धन कमाउँछु र भाइबहिनीलाई पढाउने तथा परिवारलाई राम्रोसँग पाल्छु भनेको थियो । अहिले छोरा नै बेपत्ता छ । खोजी गरिदिनु प¥यो ।” भन्नुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.