-->
निद्रा नलाग्दा मृत्युको खतरा

sleepके तपाईं निद्रा नलाग्ने समस्याबाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिइहाल्नुहोला । एक अमेरिकी अनुसन्धानले निद्रा नलाग्ने समस्याबाट पीडितलाई मृत्युको खतरा रहने सम्भावना रहेको देखाएको छ । बोस्टनको वुमन्स हस्पिटल र ब्रिघमका अनुसन्धानकर्ताहरुले ‘सर्कुलेसन’ नामक जर्नलको अनलाइन संस्करणमा  निद्रा नलाग्ने समस्याबाट पीडित पुरुषहरुमा मुटुसंबन्धी समस्याका कारण हुने मृत्युको खतराबारे उल्लेख गरेका छन् । यो समस्याबाट लाखौं अमेरिकी पीडित छन् । ‘इन्सोम्निया’ बाट पीडितहरुमा निद्रा नलाग्ने, बस्दाबस्दै बढी निद्रा लाग्ने वा दुवै समस्या हुन सक्छ, यस्तोमा मानिसहरु राम्ररी सुत्न सक्दैनन् या ब्युँझेपछि कहिल्यै शरिरमा स्फूर्ति महसुस गर्न सक्दैनन् । यसअघि पनि अनुसन्धानकर्ताहरुले सुत्नु मुटुको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउँदैं अनिद्राका कारण मुटुसंबन्धी समस्या निम्तने बताएका थिए । इन्सोम्निया विशेषगरी वयस्कहरुमा हुने समस्या रहेको बताइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.