दिल्ली दूतावासमा सरकारको पत्रः १५ दिनभित्र नेपाल फर्कन राजदूतलाई निर्देशन
काठमाडौँ-परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र सोमबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ ।
मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई जानकारी दिए । पत्रमा जिम्मेवारीबाट मुक्त गरिएकाले १५ दिनभित्र स्वदेश फर्कन भनिएको बताइएको छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...