-->
​सोह्र वर्षकी किशोरीले जन्माइन तिम्ल्याहा शिशु

जुम्ला, जेठ १४ – जुम्ला पातारासी-२ तल्फीगाउँकी १६ वर्षकी किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । 

उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीन शिशु जन्माएकी हुन् । पहिलो १ हजार ४ सय ग्राम, दोसो ८ सय ५० ग्राम र तेस्रो शिशु १ हजार ४ सय ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिनुभयो । 

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको डाक्टरले बताएका छन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.