लिसेस्टरले जित्यो, किङ पावरमा उपाधिको रौनक (तस्बिरसहित)
वैशाख २६ – इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले एभर्टनलाई हराएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिसेस्टरले एभर्टनमाथि ३–१ को सहज जित दर्ता गरेको हो ।
लिसेस्टरको जितमा जेमी भर्डीले दुई तथा एण्डी किङले एक गोल गरे । पाँचौं मिनेटमा नै गोल गर्दै भर्डीले लिसेस्टरलाई सुरुवाती अग्रता दिलाए ।
३३ औं मिनेटमा किङले गोल गरेपछि लिसेस्टरको अग्रता २–० मा पुग्यो । ६५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई भर्डीले सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
एभर्टनका लागि ८८ औं केभिन मिरालासले एक गोल फर्काए । जितपछि लिगको एक खेल बाँकी हुँदा उपाधि विजेता लिसेस्टरको ८० अंक भएको छ ।
३६ खेलबाट ४४ अंक जोडेको एभर्टन १२ औं स्थानमा छ । खेलपछि किङ पावर रंगशालमा लिसेस्टरलाई प्रिमियर लिगको उपाधि प्रदान गरिएको थियो । किङ पावरमा भएको विशेष कार्यक्रमका बिच लिसेस्टरलाई उपाधि प्रदान गरिएको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...