-->
कठिन समूहमा स्पेनलाई दबाब

पेरिस- मिनी विश्वकपको रुपमा लिइने युरोपियन च्याम्पियनसिप फ्रान्समा शुरु हुन दुई साता पनि बाँकी छैन। प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ पहिलो पटक २४ टोली प्रतिस्पर्धामा उत्रिँदा दुई पटकको साविक विजेता स्पेन सबभन्दा बढि दबाबमा हुनेछ। 

समुह 'डी' मा रहेको स्पेनले १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधी जितेको थियो। त्यसपछि टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाव छाड्न सकेको थिएन। तर भिसेन्ट डेल बोस्कीको प्रशिक्षणमा स्पेनले लगातार २००८ र २०१२ मा प्रतियोगिताको उपाधी उचाल्यो भने २०१० मा विश्व विजेताको ताज पहिरियो। अघिल्ला दुई संस्करणमा लगातार उपाधि जितेको स्पेन दुई वर्ष अघि ब्राजिल विश्वकपमा बेहोरेको लज्जाजनक नतिजा विर्साउने प्रयासमा हुनेछ।

अनुभवी र युवा खेलाडीको समिश्रण भएको आफ्नो टालीले प्रतियोगितामा राम्रो गर्नेमा डेल बोस्की विश्वस्त छन्। छनोट प्रतियोगितामा पनि स्पेनले १० मध्ये ९ खेल जित्दै आफूलाई उपाधिको बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ।

लामो समयदेखी स्पेनको प्रशिक्षण सम्हालेका डेल बोस्कीले कुनै पनि नयाँ खेलाडीलाई डेब्यू गराउने छैनन्। आन्द्रेस इनिइस्टा, सर्जियो बुस्क्वेट, जेरार्ड पिके, सर्जियो रामोस र सेस फ्राब्रिगास २०१० मा विश्वकप जित्द देखी टोलीमा सँगै छन्। त्यस्तै युवा खेलाडीमा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी जिया, एट्लेटिको मड्रिडका मिडफिल्डर कोके र युभेन्ट्सका अल्भेरो मोराटा छन्।

त्यस्तै स्पेनिस ला लिगमा उत्कृष्ट प्रदर्शन गरेका सेन्टर मिडफिल्डर लुका मोडरिक र इभान राकेटिकको उपस्थितीमा क्रोएसियाले पनि फ्रान्समा बलियो उपस्थिती जनाउने निश्चित छ।

मोडरिकले स्पेनिस महारथी रियाल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधी उचाल्दा राकेटिकले बार्सिलोनाबाट घरेलु ला लिगा र कोपा डेल रेको उपाधी जितेका थिए। टोलीको महत्वपूर्ण भुमिकामा हुने यिनै दुईमा फरवार्ड मारियो मेन्डजुकिकलाई गोलको अवसर सिर्जना गर्ने जिम्मेवारी हुनेछ।

क्रोएसिया स्वन्त्र भएपछि ठूलो प्रतियोगितामा उपस्थिती जनाएको यो आठौं पटक हो। युरोपियन च्याम्पियनसिपमै क्रोएसियाको यो चौथो सहभागिता हो। फ्रान्समै१९९८ मा भएको विश्वकमा टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। क्रोएसियाले १९९६ र २००८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। २००८ मा एक मिनेट सम्हालिन नसक्दा क्रोएसियाको अन्तिम ४ पुग्ने लक्ष्य समाप्त भएको थियो। टर्कीविरुद्ध १–० को अग्रता १ मिनेट बाँकी रहँदा सकिएको थियो। पेनाल्टी सुटआउटमा ३–१ ले पराजित हुदै टोली प्रतियोगिताबाट बाहिरियो।

जुन १२ बाट शुरु हुने समुह 'डी' को पहिलो खेलमा पनि क्रोएसियाले टर्कीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। जहाँ क्रोएसियालाई ८ वर्ष अघि भोगेको हारको वदला लिने मौका पनि हुनेछ। दुवै टोली २०१२ का लागि भएको प्ले अफमा पनि प्रतिस्पर्धा गरेका थिए। चार वर्षअघिको प्लेअफमा क्रोएसियाले समग्रमा ३–० को जित हात पारेको थियो।

टर्कीका समर्थक टोली प्रतियोगिताको कठिन समुहमा पर्दा चिन्तित छन्। तर उनीहरु २००८ को इतिहास दोहोरिएको हेर्न चाहन्छन्। ८ वर्ष अघिको संस्करणमा टर्कीले समुहका अन्य प्रतिद्वन्द्वी चेक गणतन्त्र र क्रोएसियालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। २–० ले पछि परेको अवस्था उल्टाउदै चेक गणतन्त्रमाथि ३–२ को जित निकालेर टर्कीले अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो।

छनोट प्रतियोगिताका सुरुआती खेलमा राम्रो प्रदर्शन गर्न नसके पनि घरेलु मैदानमा काजकिस्तानलाई ३–१ ले हराएर टर्कीले पुनरागमन जनायो। त्यसपछि नेदरल्यान्डलाई १–१ को बराबरीमा रोक्दै अघि बढेको टर्कीले फ्रान्सको टिकट पक्का गरेको हो।

कप्तान आद्रा टुरान, २२ वर्षे प्रतिभावान हाकान कलहानोग्लु र फरवार्ड बुरक यिलमाज टर्कीस टोलीका मुख्य आशा हुन्। टर्कीको टोलीमा अधिकांस खेलाडी घरेलु लिग खेल्ने छन्। त्यसैले टोली संगठित बनेको विश्वास लिइएको छ। जसलाई बोरुसिया डर्टमन्डका नुरी साहिन र गालाटासारेका सेल्चुक इनानले गति प्रदान गर्नेछन्।

फ्रान्समा स्पेनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्ने चेक गणतन्त्रका समर्थक टोमस रोसिस्कीको चोटबाट चिन्तित छन्। तथापी चेकले रोसिस्की विना फ्रान्सको यात्रा पक्का गरेको हो। छनोट चरणमा समुह 'ए' को शीर्ष टोली बन्दै चेकले युरोपियन च्याम्पियनसिपमा स्थान बनाएको थियो। चेकलाई नव प्रतिभावान मिडफिल्डर बोरेक डोकलको साथ रहेनछ भने गोलकिपर पिटर चेकको अनुभव टोलीलाई फलदायी हुनेछ। त्यसमाथि रोसिस्की चोटमुक्त भएर फर्किए चेकको मिडफिल्ड झन मजबुत बन्नेछ। पावेल भ्रवाले टोलीको अग्रपंक्ती सम्हाल्न सक्छन्।

युरोपियन च्याम्पियनसिपमा चेकको राम्रो इतिहास छ। १९७६ मा चेकोस्लाभाकियाको नाममा उपाधी उचालेको थियो। १९९३ मा स्वतन्त्र भएर चेक गणतन्त्र बनेपछि पनि हरेक संकरणमा टोली सहभागि हुँदै आएको छ। चेक गणतन्त्र १९९६ को फाइनलमा जर्मनीसँग पराजित भएको थियो।

तथापी फ्रान्समा चेकलाई समुह चरण पार गर्न सहज भने छैन। स्पेन र चेक युरो २०१२ को छनोट प्रतियोगितामा आमने–सामने भएका थिए। जसको दुवै लेगमा स्पेनले बाजी मारेको थियो। एन्टे कासिकले प्रशिक्षण सम्हालेपछि क्रोएसिया पनि अपराजित छ। यद्दपी चेक र क्रोएसिया ठूला प्रतियोगितामा अहिलेसम्म आमनो–सामने भएका छैनन्। पछिल्लो पटक भएको मैत्रीपूर्ण खेलमा चेक क्रोएसियासँग ४–२ ले पराजित भएको थियो।

समुह 'डी'का खेलहरुः

जुन १२ टर्कीविरुद्ध क्रोएसिया –पेरिस

जुन १३ स्पेनविरुद्ध चेक गणतन्त्र – टाउलाउसे

जुन १७ चेक गणतन्त्रविरुद्ध क्रोएसिया – सेन्ट स्टिएनी

जुन १७ स्पेनविरुद्ध टर्की – नाइस

जुन २१ क्रोएसियाविरुद्ध स्पेन – बोर्डेउक्स

जुन २१ चेक गणतन्त्रविरुद्ध टर्की – लेन्स

समुह 'डी' का प्रारम्भिक खेलाडी :

स्पेन

प्रशिक्षकः भिसेन्ट डेल बोस्की

गोलकिपरः इकर कासियास, डेभिड डी जिया, सर्जियो रिको

रक्षकः सर्जियो रामोस, जेरार्ड पिके, ड्यानी कार्भाहाल, जोर्डी अल्बा, मार्क बार्टा, सिजर एज्पिलिक्वेटा, मिकेल सान जोसे, हुवाँफ्रान

मिडफिल्डरः ब्रुनो, सर्जियो बुस्क्वेट, कोके, थियागो सिल्भा, आन्द्रे इनिइस्टा, इस्को, डेभिड सिल्भा, पेड्रो रोडरिग्वेज, सेस फ्राब्रिगास, साउल निगुरेज

फरवार्डः एरिट्ज एडुरिज, नोलिटो, अल्भारो मोराटा, लुकाज भास्कुएज

क्रोएसिया

प्रशिक्षकः एन्टे कासिक

गोलकिपरः ड्यानिअल सुबसिक, लोभ्रे कलिनिक, इभान भार्गिक, डोभिनिक लिभाकोभिक

रक्षकः भेड्रान कार्लुका, डरिजो स्रन, डोमागोज भिडा, सिमे भ्रसल्जको, गोर्डोन चाडेनफिल्ड, इभान इस्ट्रिनिक, टि्रन जेडभज, डुजे कालेटा–का

मिडफिल्डरः लुका मोडरिक, इभान राकेटिक, माटेयो कोभाकिक, मार्सेलो ब्रोजोभिक, भिलान बाडेल्ज, इभान पेरिसिक, एलेन हलिलोभिक, डोमोगोज एन्टोलिक, मार्को रोग, एन्टे कोरिक

फरवार्डः मारियो मान्डजुकिक, निकोला कालिनिक, मार्को जाका, डुज कोप, एन्ड्रेज क्रामारिक

चेक रिपब्लिक

प्रशिक्षकः पाभेल भा

गोलकिपरः पिटर चेक, टोमस भाक्लिक, टोमस कोउबेक

रक्षकः थियोडर जेबे सेलासी, रोमन हुबनिक, पाभेल कडराबेक, मिचेल काडलेक, डेविड लिमबरस्की, ड्यानिअल पुडिल, मारेक सुचे, टोमस सिभोक

मिडफिल्डरः भ्लादिमिर डरिडा, बोरेक डोकल, ड्यानिल कोलर, लडिस्लभ रेज्सी, लुकास मारेसेक, डेभिड पाभेल्का, जरोस्लाभ प्लासिल, टोमस रोसिस्की, जिरी कलक, जोसेफ सुरल

फरवार्डः डेभिड लफ्टा, टोमस नेसिड, प्याटि्रक सिक, मिलान स्कोडा, माटेज एड्रा

टर्की

प्रशिक्षक : फतेह तेरिम

गोलकिपरः अली ससल भुरल, हारुन टेकिन, ओनुर किभ्रक, भोल्कान बाबाकन

रक्षकः गोखन गोनुल, सेनेर बारेल्की, अमेत कालिक, कग्लर सोयुन्कु, हाकान बाल्टा, मेहमेत टोपल, सेमी काया, सेर्दर अजिज, कानर इर्किन, इस्माइल कोबासी,

मिडफिल्डरः इम्रे मोर, गोखन टोरे, भोल्कान सेन, यासिन टेकिन, हाकान कलहनोग्लु, मेहमुट टेकडेमिर, नुरी सहिन, गजहन याकुब, ओजन तुफान, सेल्चुक इनन, एल्पर पोटुक, आद्रा टुरान, ओल्के सहन

फरवार्डः बुरक यिल्माज, सेन्क टोसुन, मेभलुट डिन्क, युनुस माली 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.