-->
लिभरपुललाई ३-१ ले हराएर सेभिल्लाले जित्यो युरोपा लिग

जेठ ६ – युएफा युरोपा लिगको उपाधी सेभिल्लाले जितेको छ । लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले युएफा युरोपा लिगको उपाधी जितेको हो । पहिलो हाफमा १-० ले पछि परेको सेभिल्ला दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तेस्रो पटक युरोपा लिग विजेता बनेको हो । लिभरपुललाई डानियलले सुरुवाती अग्रता दिलाए पनि दोस्रो हाफको १७ औँ सेकेण्डमै केभिनको गोलले सेभिल्लाले खेल बराबरी गर्यो ।
सेभिल्लालाई जित दिलाउन कोकले दुई गोल गरे । पहिलो हाफमा अग्रता लिएको लिभपुर समालिएर खेल्न नसक्दा पराजित हुनुपर्यो । सेभिल्लाले पछिल्लो ११ युएफा कप/युरोपा लिगमा पाँच वटा जितेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.