आइपिएल : पुणेले दिल्लीलाई १९ रनले हरायो
जेठ, ५ – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मंगलबार राइजिङ पुणे सुपरजाइन्ट्सले दिल्ली डेयरडेभिल्सलाई १९ रनले हराएको हो ।
वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा दिल्ली १९ रनले विजयी भएको हो । वर्षाका कारण खेललाई ११ ओभरमा छोट्याइएको थियो ।
११ ओभरमा पुणेले ५८ रनको लक्ष्य पाएको थियो । पुणेले ११ ओभरमा एक विकेटको क्षतिमा ७६ रन बनाउँदै जित आफ्नो पक्षमा पार्यो ।
यस अघि टस जित्दै पुणेले फिल्डिङ रोजेपछि व्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २१ रन बनायो ।
जितसँगै जारी लिगमा पुणेले चार खेल जितेको छ । पुणे ८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । दिल्ली भने १२ अंकका साथ तालिकाको छैठौँ स्थानमा छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...