बाहय रेमिट्यान्सले देश बनाँउछु भन्ने र गोठ बेचेर गाई किन्छु भन्नु उस्तै हो ।
बिकास क्रमिक रुपमा हुने कुराहो र झट्ट परिबर्तन भैहाल्न धेरै गाह्रो हुन्छ । तत्काल परिबर्तन गर्न राज्य संग अथाह धन राशि आबश्यक पर्दछ, जसको लागि भरपर्दो स्रोत हुनु पर्दछ । हामी संग सिमित स्रोतहरु छन् र ति स्रोतहरु बहुमुल्य भैसकेका छैनन् । यसलाई मूल्यमा परिणत गरेर आय आर्जन गर्न समय लाग्दछ्र । राज्यद्वारा लगाइएका कर प्रणालीहरु भरपर्दा र धेरै हद सम्म बैज्ञानिक
पनि छैनन् । बाहय रेमिट्यान्सले देश बनाउछु भन्नु र गोठ बेचेर गाइ किन्छु भन्नु उस्तै हो । टाउकोमा टोपी राम्रो लगाएर पैतालामा काँडा बिझाउनु लाइ बिकाश भनिदैन । टाउकोको श्रृंगारले पैतालाको चोट निको हुदैन झन् पैताला लाइ भारि हुन्छ । नीतिगत रुपमा जबसम्म भुइँ देखिको बिकास प्रक्रिया अपनाइदैन तब सम्म नेतृत्व गरेर बसेका सत्ताधारी दल या प्रधानमन्त्रि जसले जति बोले पनि जति नै बिकासका कुराहरु गरेता पनि टाउकोको शृंगार जस्तै हुन्छ । पैतालामा काँडा बिझ्दा जति नै शृंगार गरे पनि अनुहार खुम्चंछ कर्णालीमा बासमतीको भात पाक्दा सरकारले पानि जहाजको कुरा गरेको बल्ल सुहाउला । –सुजन बगाले

0 comments
प्रतिक्रिया दिनुहोस्...