-->
सगरमाथा चढिरहेका एक भारतीय आरोहीको मृत्यु

काठमाडौं, जेठ १० – सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको ज्यान गएको छ । केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति ज्यान गएको पर्यटन विभागले जनाएको छ । 

सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी ६ जना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले बताउनुभयो । 

भारतीय नागरिक परेशचन्द्र नाथ, गौतम घोस भने अझै सम्पर्कविहीन छन् । तीन नेपालीको भने परिचय खुल्न नसकेको बताइएको छ । 

घटनाको उद्धारका लागि तालिम प्राप्त शेर्पासहित हेलिकप्टर परिचालन गरिएको छ । सगरमाथा आरोहणका क्रममा अन्य आरोही पनि घाइते भएका छन् । सोमबार पनि धेरै आरोही सगरमाथाको चुुचुरोमा पुग्ने र मङ्गलबारबाट सम्भवतः सगरमाथा आरोहण सकिने महानिर्देशक ढकालले बताउनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.