-->
दाउरा भन्दै सालको काँचो गोलिया तस्करी

चन्द्रपुर: वन कर्मचारीको मिलोमत्तोमा दाउरा भन्दै काचो सालको गोलीया तस्करी हुने गरेको फेला परेको छ।
 
चन्द्रनिगाहपुर इलाका बन कार्यालयको बन क्षेत्रबाट तस्करले काचो रुख काटेर टेक्टरमा लोड गरी लैजादै गर्दा बिहीवार विहान शसस्त्र प्रहरीले सन्तपुर बजारबाट बरामद गरेको हो।
 
शसस्त्र प्रहरी सन्तपुर बेशक्याम्पका डिएसपी ध्रुव कार्कीले कागजपत्र बिना काचो सालको गोलियालाइ टुक्रा पारेर लैजादै गरेको अवस्थामा ना ५ त १७२६ नम्वरको टेक्टर र चालक पाहुन पासवानलाइ पक्राउगरी बन कार्यालयमा बुझाएको बताएका छन।
 
पक्राउ परेको टेक्टरका चालक पासवानले बाल्चनपुर स्थित बक्तौराटोलमा रहेको सहजाद नाम गरेको व्यक्तिको चिरान मिलमा काठ लैजान लागेको बताएका छन । राति नै जंगलमा रुख काटेर टेक्टरमा लोड गरी दुइजना व्यक्ति गएको चालक पासवानको भनाइ छ।
 
बन कार्यालयले सवै कागजपत्र दिएको र दाउरा मात्रै लोडगर्ने भन्दै आफुलाइ चिरानमिल संचालक सहजादाले भनेपछि आफु टेक्टर लिएर जंगलमा गएको बनको हिरासतमा रहेका चालकले बताए।
 
तस्करले चन्द्रनिगाहपुर इलाका बन कार्यालय अन्र्तगतको डावरी बनक्षेत्रबाट सो काठ लोड गरेका थिए। टेक्टर सोही बन कार्यालय अगाडीबाट लैजादापनि बन कर्मचारीले थाहा नपाउदा कर्मचारकै मिलोमत्तो भएको स्थानियको आरोप छ।
 
बरामद गरीएको काठ शसस्त्र बन रक्षकको कार्यालय चन्द्रनिगाहपुरमा अनलोड गरेर राखिएको छ भने टेक्टर छोड्नका लागी केहि बन कर्मचारीहरु नै लागिरहेको श्रोतले जनाएको छ।सालको गोलियालाइ टुक्रा टुक्रा पारेको करीव १४ क्युफिट काचो काठ र १५ क्विटल दाउरा बरामद भएको जिल्ला बन कार्यालयले जनाएको छ।
 
जिल्ला बन कार्यालय रौतहटका डिएफओ भगवान गुप्ताले आफु कार्यालय बाहिर रहेको बताउदै एउटा दाउरा बोकेको टेक्टर शसस्त्रले बरामद गरी बुझाएको जानकारी पाएको बताएका छन।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.