पुल तर्न एक सय रुपैयाँ
पाँचथर–पुल तर्दा एक सय रुपैयाँ ? सुन्दा कौतुहलता जाग्नु स्वभाविक हो । पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको लुमघाटमा रहेको झोलुङ्गे पुलबाट मोटरसाइलक तार्दा अनिवार्य एक सय रुपैयाँ तिर्नुपर्छ।
पाँचथर र तेह्रथुम दुवैतर्फ सडक निर्माण भएपनि खोलामा पुल बनाउन ढिलाई भएकाले मोटरसाइकल पुलबाट तार्नुपर्छ। पुलबाट मोटरसाइकल एकपटक तार्नलाई एक सय रुपैयाँ तिर्नैपर्छ। मोटरसाइकल आफैंले तार्नु परेपनि शुल्क बुझाउन पर्छ। तमोरबाट गाडी तार्न सकिँदैन। दुवै तिर सडक छ। यात्रा गर्नेको ठूलो संख्या रहेपनि समयमा पुल निर्माण नहुँदा झोलुङ्गे पुलबाट मोटसाइकल तार्नुपर्छ। मोटरसाइकल तार्दा पुल छेउमा रहेका घरमा एक सय रुपैयाँ दिनुपर्छ। खोलाको किनारबाट पुलसम्म मोटरसाइकल लैजाने बाटो बनाउनलाई रकम लिने गरिएको स्थानीय गिता बुढाथोकिले बताइन्। झोलुङ्गे पुलमा बाटो बनाउँदा खर्च हुने रकम जुटाउन यस्तो गरिएको उनको भनाइ छ।
मोटरएवल पुल नबन्दा चार चक्के गाडी चल्दैनन्। तेह्रथुम सदरमुकाम म्याग्लुङबाट बालुवा लिन आउने गाडी उतै फर्किन्छन्। पाँचथरतर्फबाट पनि खोलासम्ममात्र गाडी चल्छन्। यो बाटो भएर हिड्ने प्रसस्त भएपनि पुल नुहँदा गाडी नचल्दा सवारी सञ्चालन हुन नसकदा सेवाग्राही मारमा परेका छन्। २०३५ सालमा बनेको झोलुङ्गे पुलमा जोखिम मोलेर मोटरसाइकल तारेर यात्रा गरिन्छ। तेह्रथुम र पाँचथरका जोडिएका गाविसमा कुटुम्बेरी तथा व्यापारिक साइनो रहेको छ। यही साइनोका कारण यो बाटो उपभोग गरेर यात्रा गर्नेको संख्या ठूलो छ। चर्को गर्मी हुने भएपनि दुख गरेर यात्रा गर्न बाध्य छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...