-->
मदन पत्नी भण्डारी सर्वोच्च निकायमा पुग्दा आश्रित पत्नी भने गुमनाम बन्दै

त्यो एउटा दुर्घटना जस्ले दुई जनाको ज्यान लियो । त्यही दुर्घटना पछि एकको भाग्य नेपालको राजनीतिमा यसरी चम्कियो तर अर्को पात्रको भने यति विल्लिबाँठ भयो ।
हुन पनि भाग्य र कर्मको खेल नै होला । पतिको दुर्घटनापछि राजनीतिमा सक्रिय बन्नुभएकी भण्डारी पत्नी विद्यादेवी भण्डारी अहिले मुलुकै उच्च ओहोदा अर्थात राष्ट्रपतिसम्म आइपुग्न सफल हुनुभएको छ ।  तर, भण्डारीसँगै पति गुमाएकी स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले भने गुमनाम जस्तै छिन् ।
भण्डारीसँगै पति गुमाउँनुभएका स्वर्गीय जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले सक्रिय राजनीति पनि सँगै शुरु गर्नुभएको थियो । तर उहाँको राजनीतिक जीवनले उति उचाइ पाउँन सकेन । सायद पार्टी भित्र नै पदको विभेदले होला माया गुमनाम हुदै जानुभयो भने भण्डारीको हाइहाइ बढ्दै गयो । माया ज्ञवालीका लागि पार्टी त केही गरेन नै अनेमसंघको नजरमा समेत उहाँ छायामा पर्नुभएको भन्ने आवाजहरु सुनिदै आएको छ । तर, स्वयम् माया भने नेकपा एमालेले आफूलाई सधै सहयोग नै गरेको र आफू पनि पार्टीप्रति समर्पित रहँदै आएको बताउँनुहुन्छ ।

Maya-Gyawali-1  NEPAL-POLITICS-CONSTITUTION
मायालार्ई अपवाद मान्ने हो भने एमालेमा निधन भएका नेता पत्नीहरू प्रायः राजनीतिमा कुनै न कुनै महत्वपूर्ण स्थानमा छन् । जसको उदाहरण स्वयं  मदन भण्डारी पत्नी राष्ट्रपति विद्या देवी भण्डारी भएको उहाँको भनाई छ । माया ज्ञवालीले सत्ता र पार्टीको स्वाद अझै चाख्न पाउँनुभएको छ । तर, उहाँका श्रीमानले ठूलो त्याग गरेको र आदर्श मानेको पार्टीको पहलमा माया ज्ञवालीले ०५२ सालमा सरकारको तर्फबाट आठआना घडेरी पाउँनुभयो ।
त्यहि घडेरीमा सानो घर बनाएर जसोतसो दुःख झेल्दै आउँनुभएको छ । दुर्घटना घटेको २३ वर्ष वितिसक्दा पनि कुनै बेला संसद र सडक तताएको एमाले ४ पटक सम्म आफैं सरकारमा पुग्दा पनि सत्यतथ्य छानविन हुन नसकेको छैन । तर सरकारले छानविनमा देखाएको उदासीनतामा पनि आश्रित पत्नीको कुनै गुनासो छैन । पार्टीले सक्ने जतिको छानविन पहिले नै गरिसकेको भन्दै उहाँले उल्टै पार्टीको बचाउ गर्नुभयो ।
तर, भन्नेले भनेको मात्र होइन सबैले प्रत्यक्ष देखेको सत्य चाहिं के हो भने भण्डारी पत्नीलाई राजनीतिमा सक्रिय बनाउँदै राष्ट्रपतिको पदसम्ममा पु¥याउन सहयोग गरेको एमालेले आश्रित पत्नीलाई भने एउटा सानो आश्रय मात्र उपलब्ध गराएर कसैलाई काखा र कसैलाई पाखाको राजनीति गरिरहेकोमा भने कसैको दुई मत छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.