-->
खेलका क्रममा मैदानमै ढलेका फुटबलर प्याट्रिक इकेङको मृत्यु

फुटबल खेल्ने क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको मृत्यु भएको छ ।

Patrick-Ekeng

रोमानिया लिग अन्तरगत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा इकेङ ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए । हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । तर, झण्डै २ घन्टा नबित्दै उनको निधन भएको छ ।

यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.