-->
किन बिच्छ्याइन्छ सडकपेटीमा पहेँलो रंगको टक टायल


काठमाडौं, वैशाख २४ – काठमाडौंको मुख्य सडकपेटीको बिच भागमा अहिले पहेँलो रंगको मार्बल अर्थात टक टायल बिच्छ्याउन थालिएको छ । दृष्टिबिहीनमैत्री सडकपेटी बनाउने भन्दै महानगरपालिका र सडक विभागले धमाधम टक टायल बिच्छ्याई रहेका छन् । पहिला बिच्छ्याइएका गोला आकारका सिमेन्टका मार्बल हटाएर पहेँलो रंगको टक टायल बिच्छ्याइएको हो । एसियाली विकास बैंक एडिबी र नेपाल सरकारको सहयोगमा यो टक टायल बिच्छ्याइको हो । यसमा एडिबीको ६८ प्रतिशत र नेपाल सरकारको ३२ प्रतिशत लगानी छ । दृष्टिबिहीनलाई बाटोमा हिँड्दा सहज होस भनेर बिच्छ्याइएको यो टक टायल सुरुमा १५ किलोमिटर बिच्छ्याउने महानगरपालिकाले जनाएको छ । यो बिच्छ्याउने जसमा आठ किलोमिटर महानगरपालिकाले बिच्छ्याउने छ भने सात किलोमिटर सडक विभागले बिच्छ्याउने छ ।
महानगरपालिका अन्तर्गतको ठेक्का लुम्बिनी रमण कन्ट्रक्शन कम्पनीले लिएको छ भने सडक विभाग अन्तर्गतको ठेक्का रमण तामाङ कन्ट्रक्शन कम्पनीले लिएको छ । यी कन्ट्रक्शनले सहमति अनुसार टक टायल त्रिपुरेश्वर, टँुडिखेल, जमल हुँदै निर्वाचन आयोगसम्म बिच्छ्याउनु पर्छ । त्यस्तै दरबारमार्ग, कमलादी, सिंहदरबार, भद्रकालीका क्षेत्रमा बिच्छ्याउनुपर्ने काठमाडौं दिगो शहरी यातायात आयोजना अन्तर्गत काठमाडौं महानगरपालिका कार्यान्वयन इकाइका प्रोजेक्ट म्यानेजर शुरज शाक्यले बताउनुभयो । २५ करोड रुपैंयाको लगानीमा बन्न लागेको यो काम यी दुई कन्ट्रक्शनले यही मे महिनाको अन्तिममा सक्नुपर्ने हुन्छ । यी कन्ट्रक्शनले गएको नोभेम्बर महिनादेखि काम थालेका हुन । अहिले काम अन्तिम चरणमा पुगेको छ । टक टायल बिच्छ्याउने काम सकिएपछि दृष्टिबिहीनले सडकमा सहजरुपमा हिड्न सक्नेछन् ।
कसरी सहयोग गर्छ टक टायलले दृष्टिबिहीनलाई ?
टक टायल बिच्छ्याइएको सडकपेटी बिच्छ्याइको अन्य मार्बल भन्दा अग्लो हुन्छ । यसले गर्दा दृष्टिबिहीनहरुलाई छडीको सहायताले हिँड्दा सहयोग गर्ने गर्छ । पैदलयात्री हिँड्ने बिचमा यो मार्बल राखिएको हुन्छ ।
दृष्टिबिहीनले आफ्नो सेतो छडीले मार्बलको अग्लो होचो भागलाई टेक्छन् त्यसपछि आफ्नो खुट्टा पनि त्यही टेकेर हिँड्ने गरेको अपांग महासंघका परामर्शदाता तथा सूचाना सहायक दृष्टिबिहीन सुरेशराज भण्डारीले बताउनुभयो । ‘टक टायल बिच्छ्याईपछि हामीलाई धेरै सहयोग भएको छ, पहिला हिँड्न गाहा्े हुन्थ्यो अहिले टक टायलले बाटो देखाएको छ’ उहाँले भन्नुभयो ।
सूचना सहायक भण्डारी जापान पनि पुग्नुभयो । तर त्यहाँको अपांगमैत्री बाटो अहिले नेपालमा बिच्छ्याईको टक टायल भन्दा फरक लाग्यो उहाँलाई । ‘जापानमा गोला गोला अग्ला सिमेन्टका डाँडी हुन्थे, त्यसमाथि रबर लगाइन्थ्यो । रबर खिएपछि अर्को रबर फेरिन्थ्यो नेपालमा त्यस्तो छैन’ भण्डारीले भन्नुभयो ।
तर यसबारे प्रोजेक्ट म्यानेर शाक्यसँग बुझ्दा पहिला उहाँहरुलाई नै ट्रायल गरेर यस्तो टक टायल हालिएको बताउनुहुन्छ । ‘हामीले पहिला गालो अग्लो डाँडीका भएको टक टायल सिंहदरबार अगाडि हालेर उहाँहरुलाई परीक्षण गर्न लगाएका हौं । उहाँहरुले त्यसले काम गरेन भनेपछि यो किसिमको हालेका हौं’ उहाँले भन्नुभयो ।
यसरी चारपाटे र बिचमा लामो अग्लो डाँडी भएको बिच्छ्याइएको टक टायलमा खतरा आउने ठाउँमा गोलो आकारमा अग्ला डाँडी हुन्छन् । जसले यो भन्दा अगाडि खतरा छ भन्ने जनाउँछ । तर दृष्टिबिहीनहरुका लागि बनाइएको सडकपेटीबारे उनीहरुलाई नै राम्रोसँग थाहा छैन ।
प्रचारप्रसार कम भएको दृष्टिबिहिनहरुको गुनासो छ । अझ बेलाबेलामा टक टायल सफा नगर्दा बिचमा धुलो भरि बाटो पत्ता लगाउन गाहा्े पर्ने गरेको सूचना सहायक भण्डारीले बताउनुभयो । अहिले यो टक टायल अपांग महासंघको कार्यालयमा पनि प्रयोग गरिएको छ ।
अब बन्ने सडकपेटी पनि दृष्टिबिहीनमैत्री बन्ने
त्यस्तै अब बन्ने सम्पूर्ण सडकपेटी दृष्टिबिहीनमैत्री बन्ने भण्डारीले बताउनुभयो । ‘महानगरपालिकाले अब बनाउने सडकपेटी दृष्टिबिहीनमैत्री बन्छन्’ उहाँले भन्नुभयो । अहिले कोटेश्वरमा चीन सरकारले बनाउँदै गरको सडकपेटीमा पनि यस्तै टक टायल बिच्छ्याइको छ । अब बन्ने हरेक संरचना अपांगमैत्री बन्नुपर्ने माग भैरहेका बेला अब बन्ने सडकपेटी पनि दृष्टिबिहीनमैत्री बन्न लागेका हुन् । यस किसिमको टक टायल नेपालमै बन्ने भएकाले पनि अब बन्ने सडकपेटी दृष्टिबिहीनमैत्री बन्ने देखिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.