काठमाडौं— सरकारले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरार्ष्ट्रिय विमानस्थललाई ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै सो विमानस्थललाई आगामी दुई वर्षभित्र पूरा गर्न रकम विनियोजन गरिएको उल्लेख गरे। भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्यका साथ एक हजार ८ सय मिटर टप सोइलिङ काट्ने काम सम्पन्न भइसकेको छ। ८ सय मिटर सेकेण्ड लेयर टप वेस हाल्ने काम सम्पन्न सकिइसकेको छ। आर्थिक वर्ष २०७२/७३ मा १४० बिघा जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्बाट स्वीकृति भई आवश्यक प्रक्रिया अघि बढाइएको छ।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले ठेक्का पाएको छ। यसको निर्माण कार्य सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्नुपर्ने सर्त छ।
साभार : नागरिक न्युज


0 comments
प्रतिक्रिया दिनुहोस्...