यस्तो पनि अस्पताल! ईसिजी गर्ने कागज छैन, एक्स रे गर्ने फिलिङ प्लेट
धनगढी- शुक्रबार सेती अञ्चल अस्पतालमा एक्सरे फाँट, प्रयोगशाला र ईलेक्ट्रोकार्डियोग्राम (ईसिजी) सेवा अस्तव्यस्त थियो । एक्सरे मेसिनका लागि आवश्यक सामग्री अभाव थियो । प्रयोगशालामा पर्याप्त रासायनिक थिएन र ईसिजीका लागि आवश्यक कागज थिएन । आवश्यक सामग्री अभावमा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।
सेती अञ्चल अस्पतालमा यो अवस्था शुक्रबार मात्रै भएको थिएन । अस्पतालका कर्मचारीहरूका अनुसार यस्तो समस्या प्रायः भोग्नु परिरहेको छ । अस्पतालका लागि आवश्यक सामग्री आपूर्ति गर्ने ठेक्का पाएको फर्मले मागअनुसारको सामान नपु¥याउ“दा सधैं समस्या सिर्जना हुने गरेको कर्मचारीहरूले बताए । सेती अञ्चल अस्पतालमा सामान आपूर्ति गर्ने ठेक्का धनगढीस्थित अमित डिस्ट्रब्यूटर्सले पाएको बताइएको छ ।
‘हामीले एक्सरे मेसिनलाई चाहिने एक्सरे फिलिङ (प्लेट) पा“च वटा माग गरे डिस्ट्रब्यूटर्सले एकमात्र पठाउ“छ’ सेती अञ्चल अस्पतालका डार्क रुम असिस्टेन्ट कनकदीप शर्माले भने– मागअनुसार सामान नहु“दा बिरामीहरूलाई फिर्ता पठाउनु परिरहेको छ ।
एक्सरेका लागि १२÷१५, ८÷१० र १०÷१२ इन्च साईजका एक्सरे प्लेट आवश्यक हुने गर्छन । सबैभन्दा बढि १२ गुणा १५ इन्च साइजको प्लेट प्रयोग हुने गरेको छ । यो प्लेट हात, खुट्टादेखि मुटुसम्मको एक्सरेमा प्रयोग हुने गरेको प्राविधिकले बताए ।
डार्करुम असिस्टेन्ट डिस्ट्रब्यूटर्सले माग अनुसार प्लेट आपूर्ति नगरेका कारण समस्या भएको बताए । अस्पतालमा शुक्रबार एक्सरे प्लेटको अभावमा दिउ“सो एक बजे नै सेवा बन्द गर्नु परेको थियो । अस्पतालले ११ बजे प्लेट माग गर्दा डिस्ट्रिब्युटर्सले सा“झ मात्रै आपूर्ति हुने भन्ने जवाफ दिएको उनले बताए । ‘अस्पतालमा १ बजेदेखि नै एक्सरे सेवा बन्द भयो’ उनले भने– अस्पतालमा अलिकति मात्रै प्लेट मौज्दात छ । आइसियुमा रहेका विरामीका लागि आवश्यक हुने भएकोले १२÷१५ साईजको प्लेट प्रयोग नगर्न निर्देशन छ ।
सेती अञ्चल अस्पतालका कार्यालय सहयोगी जयराम चौधरीका अनुसार शुक्रबार २ बजेसम्म तीन जना विरामी एक्सरे सेवा नपाएर फिर्ता गएकोे बताए । ‘हामीले एक्सरे र प्रयोगशाला फा“टमा सोधेर मात्रै पर्चा बनाउने गरेका छौं’ उनले शुक्रबार १ बजेपछि आएका तीन जनालाई पर्चा नबनाएरै फिर्ता पठाएको बताए । एक्सरे फा“टमा दैनिक ५० देखि ६० जनाले सेवा लिने गरेका छन् ।
शुक्रबार अस्पतालमा एक्सरे सेवामा अवरुद्ध भएकोबारे सोधपुछका क्रममा अस्पतालमा एक सातादेखि प्रयोगशालामा क्रेटेनिक र एलएफटी रासायनिकको अभाव रहेको पाइएको थियो । क्रेटेनिक रासायनिक किडनीमा देखिने समस्या पत्ता लगाउन प्रयोग हुन्छ भने एलएफटी रासायनिक कलेजो चेकजा“चको लागि प्रयोग हुने गरेको स्वास्थ्यकर्मीले बताए । किडनी तथा कलेजो चेकअपका लागि दिनहु धेरै बिरामी आउने गरे पनि आवश्यक रसायनको अभावमा फिर्ता जाने गरेका छन् ।
त्यस्तै अस्पतालमा ईसिजी सेवाका लागि प्रयोग हुने कागज पनि अभाव रहेको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विशनसिंह बोहराले पनि डिष्ट्रिब्यूटर्सले अस्पताललाई आवश्यक भएजति सामग्री आपूर्तिमा ढिलाई गरिरहेको बताए । अस्पतालले बारम्बार माग गरेपछि मात्रै केही मात्रामा सामान पठाउने गरेका कारण बिरामीका साथै अस्पताल कर्मचारीले पनि सास्ती भोग्नु परिराखेको डाक्टर बोहराले बताए ।
सामान आपूर्तिकर्ता अमित डिष्ट्रिब्यूटर्सले भने अस्पतालले माग गरेअनुसार नै सामान पठाइरहेको दाबी गरेको छ । ‘माग गरेअनुसार समयमै सामान पठाउने गरेका छौं’ डिष्ट्रिब्यूटर्सका सञ्चालक दुश्यन्त बस्नेतले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...