-->
बहिनीका लागि योग्य वर खोज्दै उत्तरी कोरियाली नेता किम

प्योङयाङ–उत्तर कोरियाली नेता किम जोंग उन आफ्नी बहिनीको विवाहका लागि योग्य वरको खोजीमा रहेको सार्वजनिक भएको छ। आफ्नी बहिनीको विवाहका लागि योग्न वर खोज्ने क्रममा नेता किमले ब्याचलर शैलीमा डेटिङ प्रतिश्पर्धाको आयोजना गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। 

३३ वर्षीया बहिनी किम यो जोङको विवाहका लागि योग्य वर खोज्न आफू मातहतका निकायलाई आदेश दिएको संचारमाध्यमले जनाएका छन्। बहिनीको विवाहका लागि नेता किमले ३० जनासँग भेटघाटसमेत गरेका छन्।

नेता किमले आफ्नी बहिनीसँग विवाहका लागि केही सर्तसमेत राखेका छन्। उनी बहिनीसँग विवाह गर्ने पुरुषले नेता किमलाई खुशी पार्नुपर्ने छ। त्यसमा सफल पुरुषहरु मध्ये एक जनालाई विवाहका लागि चुनिने छ। यस्तो प्रतियोगिता २०१२ मा पनि आयोजना गरिएको थियो।

नेता किमले आफ्नी बहिनीका लागि त्यस्तो बरको खोजीमा छन्, जो इलसुंग विश्वविद्यालयबाट ग्रयाजुएट भएको हुनुपर्नेछ। उसको लम्बाइ ५ फिट दश इन्च र हेर्दा आकर्षकका साथै आर्मीमा सेवा गरेको हुनुपर्ने छ। यी सबै प्रक्रिया पूरा गर्ने पुरुषमात्र किमको ज्वाई बन्न सक्ने संचारमाध्यमले जनाएका छन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.