-->
संसद बैठक:भूकम्पपछिको पुनर्निर्माणबारे छलफल हुदै

मंगलबार सुरु भएको बैठकमा अधिवेशन आहृवनका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाउँदै अधिवेशन सुरु गरेकी थिइन् । मंगलबार अधिवेशन आहृवानको पत्र पढेर सुनाउनेबाहेक अन्य कुनै पनि कार्यसूची थिएन ।
मंगलबारबाट सुरु भएको संसदको बजेट अधिवेशन आज पनि बस्दै छ ।आज बस्ने संसद बैठकमा भूकम्पपछिको पुनर्निर्माण तथा डढेलोलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै २४ र २५ गते बसने बैठकमा पूर्ववजेट माथि छलफल हुनेछ ।
रुपान्तरित संसदको यो दोस्रो अधिवेशन हो । यसअघि पहिलो अधिवेशन असोज २५ गतेबाट सुरु भई फागुन ५ गते अन्त्य भएको थियो । मंगलबार आहृवान भएको अधिवेशनमा वैशाख २६ गते संसदमा सरकारको तर्फबाट वार्षीक नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ ।
संवैधानिक प्रावधान अनुसार जेठ १५ गतेभित्र आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण पि्र बजेट छलफल र सरकारको नीति तथा कार्यक्रम पेश गर्नका लागि अधिवेशन बोलाइएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.