उज्यालो दिने मात्रै होइन, लामखुट्टे पनि मार्छ यो बल्बले
गर्मी समय सुरु भएपछि घरमा लामखुट्टेले सताउँदा किटनाशक औषधि या इलेक्ट्रीक ब्याट चलाएर लामखुट्टे मार्दै आएकोमा अब भने एउटा बल्लले सघाउने भएको छ।
यो बल्बले उज्यालो दिनुका अलवा लामखुट्टे पनि मार्दछ। लामखुट्टे मात्रै नभई अन्य भुसुना, कीरा पनि यसले मार्दछ। ‘जेप्प’ नामको यो एलईडी बल्बमा रहेको जिप्पिङ ग्रीडले लामखुट्टे तथा भुसुना मार्ने काम गर्दछ। १ वाट विद्युतीय क्षमतामै बल्बले काम गर्छ । ५ सय स्क्वायर फिट एरियासम्मको लामखुट्टे तथा भुसुना किरा यसको लाइटले आकर्षित गर्दै बल्बको नजिक खिच्छ।
जव लामखुट्टे नजिक आउँछ त्यसपछि बल्बको ग्रीडमा टाँसिएर मर्दछ। यो बल्ब लगातार ५० हजार घण्टासम्म चल्न सक्दछ। यसको मूल्य कम्पनीले २० अमेरिकी डलर तोकेको छ। एजेन्सीका अनुसार भारत र नेपालमा पनि यो बल्ब उपलव्ध हुनेछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...