-->
विश्वका १० ‘लक्जरी’ अस्पताल

हतपत अस्पताल जान कोही पनि मन पराउँदैन । अस्पताल गइहालेपनि धेरै दिन बस्न रुचाउँदैंनन् । केही अस्पताल र त्यहाँको उपचार पद्धति तथा शुल्कदर सुन्दा कतिपयको आङ सिरिङ हुन्छ ।
अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीको व्यवहारका कारण कतिपय बिरामी हत्तपत्त त्यस्ता अस्पतालको नाम पनि सुन्न चाहँदैंनन् । तर, विश्वमा कतिपय यस्ता अस्पताल छन् जुन विश्वका महंगा स्टार होटलभन्दा पनि सुबिधासम्पन्न छन् । यी कोठाको सुबिधा बिरामीलाई सायदै मात्र आवश्यक पर्छ । अस्पतालमा भीआईपी कोठाको मागसँगै यस्ता अस्पतालका कोठा दिनहुँ आराम गर्ने स्थलका रुपमा रुपान्तरण हुँदैछन् ।
अस्पतालको झ्यालबाट देखिने लोभलाग्दो दृश्य, टेबलभर सजाइएका पुष्पगुच्छा, बिरामीलाई लक्षित गरी उपलब्ध गराइने स्वादिला परिकारले बिरामीलाई अस्पताल नै नछोडुँ जस्तो लाग्छ । अस्पतालले पदान गर्ने सुविधाका कारण बिरामी र आफन्त लामो समयसम्म अस्पातलमै बस्न मन पराउने गरेका छन् ।
निजी अस्पतालहरु निश्चय नै सार्बजनिक अस्पताल भन्दा कयौ गुणा सुबिधासम्पन्न हुने गरेका छन् । कतिपय अवस्थामा यी अस्पताल सानो रोगको बहानामा विभिन्न देशका राष्टप्रमुख तथा धनाढ्यलाई ऐशआराम गर्ने थलो बन्दैछन् । यी सुविधासम्पन्न अस्पतालले तपाईंको पकेट भने दुई रातमा नै रित्ताइदिन्छन् ।
१०) मेडस्टार वासिंगटन हस्पिटल सेन्टर
मुटु, स्नायु, क्यान्सर, इन्डोक्राइनोलोजी, प्रत्यारोपण, आगोले पोलेको लगायतमा प्रख्यात यो अस्पताल वासिंगटन डिसीमा छ । सुविधासम्पन्न र आरामदायी यस अस्पतालका पर्खालहरुले एउटा पूर्ण कलाको झल्को दिन्छ । भूइँमा बाक्लो कार्पेटिङ गरिएको छ । कोठाभित्रको दृश्य आफंैमा आकर्षक र सुन्दर छन् । बिरामीका लागि अस्पतालका हरेक अर्पाटमेन्टमा सेफको व्यबस्था गरिएको छ । अस्पतालका कुनै पनि कोठा र त्यहाँ उपलब्ध सुबिधा अमेरिकाको फाइभ स्टार अस्पतालले दिने सुविधाभन्दा कम छैन ।
९) आस्कलिपिअस क्लिनिक बाम्र्बेक, जर्मन
जमनीको हामवर्ग सहरमा रहेको यो अस्पताल पनि सुविधाका दुष्टिले विश्वविश्ख्यात छ । यो युरोप महादेशकै सबैभन्दा ठूलो र महंगो अस्पताल हो । अस्पतालमा १०० ओटा सुबिधा केन्द्र छन्, जसले बिरामीका हरेक आवश्यकतालाई सम्बोधन गर्छ । अस्पतालमा मानसिकदेखि पुनस्थापना र जनरल सर्जरीको सुबिधा छ । उन्नत प्रविधिको प्रयोगमा माहिर यस अस्पतालले २४ सै घन्टा बिरामीको माग अनुसार खाना उपलब्ध गराउँछ ।
८) वुरिडुल स्पाइन अस्पताल, दक्षिण कोरिया
दक्षिण कोरियाको यस अस्पतालमा मेडिकल सुबिधा र बिरामीको मनोरन्जनलाई समेत विशेष ध्यान दिइएको पाइन्छ । राजधानी सिउलमा रहेको यो अस्पताल स्पाइन सर्जरी र प्रविधिमा अब्बल मानिन्छ । स्पाइनल क्यान्सर र जोर्नीको उपचारका लागि अस्पताल विश्वमा नै प्रख्यात छ । मध्यकालिन पर्यटकीय केन्द्रसमेत रहेको वुरिडुलमा हरेक वर्ष २० हजारभन्दा बढी स्पाइन सर्जरी हुन्छ । अस्पताल हरेक क्याबिनमा सुबिधासम्पन्न कोठा, बाथरुम, २ बेड, सोफा, टि टेबल लगायत रहेका छन् ।
७) फोर्टिस ला फेमी हस्पिटल, भारत
नयाँदिल्लीमा रहेको यो अस्पताल मेडिकल पर्यटकका लागि मुख्य गन्तव्य मानिन्छ । महिला रोगमा विशिष्टता हासिल गरेको यस अस्पतालमा गाइनोकोलोजी, भिट्रो फर्टिलाइजेसन, कस्मेटिक सर्जरी, नियोनेटोलोजी, जनरल सर्जरी लगायतका सुबिधा छन् । नामअनुसार नै यस अस्पतालका हरेक कोठा सुविधासम्पन्न छन् । अस्पतालका हरेक कोठाबाट प्रकृतिको दृश्यले बिरामीको मन नै लोभ्याउँछ । बालबालिकाका लागि विशेष लिभिङ रुमको व्यबस्था गरिएको छ । हरेक कोठामा छुट्टै डाइनिङ एरिया छ । यो अस्पतालमा एक रात बसेको १ हजारदेखि ५ हजार डलर लाग्छ ।
६) मेडिक्लिनिक सिटी हस्पिटल, दुबई
दुबईस्थित मेडिक्लिनक सिटी अस्पतालमा प्रवेश गर्नेबित्तिकै कुनै फाइभस्टार होटलमा प्रवेश गरेको अनुभूति हुन्छ । यसको भिआइपी फ्लोरमा १२ वटा डिलक्स सुइट छन्, जसका लागि अलग अलग ढोका र लिफ्टको व्यवस्था छ । बिरामी र कुरुवाका लागि कोठाभित्रै स्विमिङ पुल, स्टिम बाथ, स्पा, जीम लगायतको सुविधा छ, जुन उनीहरुले चाहेजति उपयोग गर्न पाउछन् । मेडिक्लिनिक मिडिलइस्टको स्वामित्वमा रहेको यो अस्पताल दुबईको सबैभन्दा ठूलो निजी हेल्थकेयर हो ।
५) ग्लिनइगल्स हस्पिटल, सिंगापुर
ग्यास्टोइन्टेरोलोजीको उपचार, कलेजो प्रत्यारोपण, कार्डियोलोजी, गाइनोकोलोजी उपचारमा विशिष्टता हासिल गरेको यो अस्पताल पनि सुविधाका दृष्टिले प्रख्यात मानिन्छ । बिरामीको सुत्ने कोठामा ठूला बाथरुम र ठूला एलसीडी फल्याटस्क्रीन टीभी छन् । सिंगल बेडरुममा आफ्नै टेलिफोन, इन्टरनेट, डिभिडी, निजी नर्स, मिनिबार, मसाज रुम र १० जनाका लागि ककटेल पार्टी गर्ने व्यबस्था रहेको छ । यस अस्पतालमा नर्मल सुत्केरी गराउन २ दिने प्याकेजका लागि १४ हजार डलर र सिजेरियन सुत्केरी गराउन ३ दिनको प्याकेजसहित १८ हजार डलर शुल्क तोकिएको छ ।
४) माटिल्डा इन्टरनेसनल हस्पिटल, हङकङ
हङकङको भिक्टोरिया पिकमा रहेको यस अस्पतालका झ्यालबाट साउथ चाइना सीको अवलोकन गर्न मिल्छ । जापान र चीनले दाबी गरेको यो क्षेत्रले पूर्वी एशियाली मुुलकमा तनाब बढाइरहेकै बेला यस समुद्रको दृश्यावलोकन अस्पतालबाट गर्न सकिन्छ । आधुनिक सुविधासम्पन्न यस अस्पतालका ८ वटा डिलक्स सुइट र २ वटा भीआईपी कोठामा प्रति रात ४ हजार ८ सय डलर शुल्क लाग्छ । त्यस्तै बाल्कोनीसहितको प्राइभेटरुमका लागि ३ रातको ५ हजार २ सय डलर तोकिएको छ, यसमा खानाहरु सांग्रिला होटलले उपलब्ध गराउँछ ।
३) बुमरनग्राड इन्टरनेसनल हस्पिटल, बैंकक
थाइल्याण्डको बैंककस्थित बुमरनग्राड अन्तर्राष्ट्रिय अस्पतालमा हरेक वर्ष ४ लाख मेडिकल पर्यटक आउने गर्छन् । अत्याधुनिक उपकरणयुक्त यस अस्पतालमा ‘मेडिकल होलिडे’ मनाउने बिरामीको १२ महिना नै भीड लाग्छ । अन्तर्राष्ट्रिय बिरामीको यात्रालाई सहज पार्न  अस्पतालभित्रै ट्राभल एजेन्सीको व्यबस्था गरिएको छ । अस्पतालभित्रै अत्याधुनिक रेस्टुरेन्ट र सपिङ सेन्टर छन् । दन्तचिकित्सादेखि जनरल मेडिसिन, सर्जिकल सेवा, इन्टेन्सिभ केयर, पुनस्थापना लगायतका सबै सेबा रहेको यस अस्पतालमा विश्वका राजनेतादेखि सरकारप्रमुख उपचारका ल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.