जब रोनाल्डोले प्रेमिकालाई पर्खाएर आइस बाथ गरे
जेठ ११ – स्पेनिस क्लब रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लोस एन्सिलोटीले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको व्यवसायिकताको प्रशंसा गरेका छन्।
पोर्चुलगका कप्तान रोनाल्डोलाई पैसाले प्रभावित नगर्ने रियलका पूर्व प्रशिक्षक एन्सिलोटिले बताए। फाइनान्सियल टाइम्ससँगको कुराकानीमा एन्सिलोटीले रोनाल्डोको फुटबल प्रतिको लगावलाई देखाउनु रोचक उदाहरण प्रस्ततु गरेका छन्।
रोनाल्डोले रियलको प्रशिक्षण क्याम्पमा आइस बाथ लिएर बिहान तीन बजेसम्म बिताउने गरेको बताउँदै एन्सिलोटीले भने ‘घरमा इरिना शायक (मोडल तथा रोनाल्डोकी पूर्वप्रेमिका) ले उनलाई पर्खिएर बसेको भएपनि उनले आफ्नो प्रशिक्षण छोडेनन्।’ यसले रोनाल्डोको फुटबल प्रतिको लगाव र व्यवसायिकतालाई दर्शाउने उनको भनाई छ। ५६ वर्षका एन्सिलोटीले भने ‘रोनाल्डोले पैसाका बारेमा सोच्दैनन, उनी पहिलो हुन मात्रै चाहन्छन् ।’
इटालियन एन्सिलोटी र रोनाल्डोले रियल मड्रिडमा दुई सिजन सँगै काम गरेका थिए। एन्सिलोटिको प्रशिक्षणमा रियल मड्रिडले सन् २०१४ को मेमा च्याम्पियन्स लिगको उपाधि उचाल्यो। क्लबले त्यसको १२ महिनापछि एन्सिलोटिलाई बर्खास्त गर्यो।
रोनाल्डोसहितका खेलाडी एन्सिलोटीलाई बर्खास्त गरेकोमा निराशा व्यक्त गरेका थिए । एन्सिलोटीले आउँदो सिजन जर्मन क्लब बार्यन म्युनिख सम्हाल्ने छ। बार्यनका अहिलेका प्रशिक्षक पेप गार्डिवला इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भइसकेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...