-->
पुनर्निर्माण बजेट आठ खर्ब

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँबराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र बिहीबार सार्वजनिक गर्ने भएको छ ।
प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना उनीहरूलाई नै साक्षी राखेर सार्वजनिक गर्न लागेका हुन् ।
क्षति भएका आठ लाख व्यक्तिगत घर पुनर्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्रै हुनेछ भने पुनर्निर्माणको वार्षिक बजेट करिब एक खर्ब ५० अर्बको हुनेछ ।
राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन’ मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए ।
पुनर्निर्माण र पुनस्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर लागत बढेको छ,’ सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्ग्चित्र हुने विश्वास गरिएको छ ।
स्रोतका अनुसार पञ्चवर्षीय योजना लागू गर्ने अवधिसम्म आठ खर्ब ३० अर्बको बजेट १० खर्ब पुगिसक्नेछ । सचिव अधिकारीका अनुसार पुनर्निर्माणको वार्षिक बजेट डेढ खर्ब बराबरको हुनेछ । आजको अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.