-->
रामेछापमा सवारी दुर्घटना, ६ को मृत्यु

रामेछापः पुरानो सदरमुकाम रामेछापडाँडादेखि हिमगङ्गा गाविसतर्फ जाँदै गरेको बिपी यातायातको ना१ज ४१६१ नंको टाटासुमो गाडी बिहीबार रामेछाप नगरपालिका-१ ओख्रेनीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। 
 
दुर्घटनामा परी छ जना घाइते भएका छन्।मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक मख्खन यादवले घटनास्थलबाट जानकारी दिए। 
 
दुर्घटनाग्रस्त टाटासुमो सडकबाट ३०० मि तल खसेको थियो। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप ल्याइएको छ।
 
 शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.