लिभरपुल युरोपा लिगको फाइनलमा
काठमाडौंः इङ्लिस क्लब लिभरपुल युरोपा लिगको फाइनलमा पुग्न सफल भएको छ ।
पहिलो लेगमा स्पेनिस क्लब भिल्ला रियलबाट बेहोरेको १–० को नतिजा उल्ट्याउँदै दोस्रो लेगमा ३–० को जित निकाल्दै लिभरपुलले साविक विजेता सेभिल्लासँगको फाइनल भिडन्त पक्का गरेको हो ।
भिल्ला रियलबाट एक आत्मघाती गोल उपहारसमेत पाएको लिभरपुललाई जिताउने क्रममा डानियल स्ट्युइरेज र एडम लालनाले गोल गरे ।
लिभरपुलले भिल्ला रियलका सोरियानोको आत्मघाती गोलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको उसले दोस्रो हाफमा दुई गोल थपेको हो ।
दोस्रो हाफमा लिभरपुलका लागि स्ट्युइरेजले खेलको ६३ औं मिनेटमा गोल गरे । त्यसपछि खेलको ८१ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।
लिभरपुलले समग्रमा ३–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
हिजै भएको अर्को सेमिफाइनल खेलमा साविक विजेता स्पेनिस क्लब सेभिल्लाले युक्रेनी क्लब सख्तर डोनेस्कलाई पराजित गर्दै लिभरपुलसँगको भिडन्त पक्का गरेको छ ।
यी दुई क्लबबीच उपाधिका लागि आउँदो १८ मा स्वीटजरल्यान्डको जाकोब पार्क स्टेडियम बासेलमा हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...