बागलुङ, जेठ १३ – बागलुङको बोहोरागाउँमा आगलागीमा परी ज्यान गएका भनिएका दुई बालकको हत्या भएको रहस्य खुलेको छ । गएको वैशाख १४ गते बेलुका बोहोरागाउँ-७ सानो जिरीस्थित हेमबहादुर घर्तीको घर गोठमा आगलागी हुँदा उहाँका ६ वर्षकी नातिनी समुन्द्रा घर्ती र ३ वर्षका नाति मनोज घर्तीको ज्यान गएको थियो ।
कमलाका श्रीमान सन्तबहादुर केही वर्षदेखी मलेसियामा काम गर्दै आएका थिए । पक्राउ परेका भण्डारीले बिहे गर्ने योजनामा बाधा देखिएकाले दुई बालबालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले साढे दुई वर्षदेखि आफूहरुको सम्बन्ध रहेको र सुनितालाई बिहे गर्ने प्रस्ताव राख्दा बालबालिकालाई छोडेर जान नसक्ने बताएकाले हत्या गर्ने योजना बनाएको बताए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले अनैतिक सम्बन्धले भाग्ने योजनाका साथ बालबालिकाको हत्या भएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । ‘अभियुक्त घाँस काट्न गएको र उहाँका सासु ससुरा घर बाहिर गएको मौका छोपेर भण्डारीले बच्चाको हत्या गरेको पाइएको उहाँको भनाई छ । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...