चन्द्रशेखरजी, आजै क्यामेराको ब्याट्री फेर्नुस्, अब फेटो खिचिरहनुपर्छ, पुरानोले भ्याउन्न
काठमाडौँ । ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ नाम अनुसार पाउने व्यत्ति१m पनि त्यही संस्था वा दलसँग आवद्ध भएको व्यक्ति भन्ने यहाँले अनुमान लगाउनुभयो होला । यदि त्यस्तो हो भने तपाईं सरासर गलत । किनकी यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई आज यो पुरस्कार प्रदान गरे ।
एमाले पार्टी कार्यालयमा आयोजित २३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कार्कीलाई रु ५१ हजार र प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरे ।
नेकपाएमाले प्रचार तथा प्रकाशन विभागद्वारा यसै वर्षदेखि दिन थालिएको सो पुरस्कार प्रदान गर्दै एमाले अध्यक्ष ओलीले व्यावसायिक पत्रकारलाई मदन भण्डारीका नाममा पुरस्कार प्रदान गरेर एमाले जनताका खोलिएको पार्टी भएको पुष्टि भएको बताए ।
“नीति तथा कार्यक्रम पास भएपछि सरकारको काम अलि बढ्दै छ” प्रधानमन्त्रीले भने–“अब बजेट पास भएपछि झनै सरकारले गरेको काम बढ्ने छ, गरिब जनता हेर्ने र रोजगारीका अवसर बढाउने अभियानमा सरकार लागेको छ ।”
उनले चन्द्रशेखर कार्कीलाई भने ‘कार्कीजी अब क्यामेराको ब्याट्री फेर्नुहोस्, पुरानो ब्याट्रीले फोटो खिच्न भ्याउन्न । सरकारले धेरै गर्दै छ, अनि एकाले के हो भन्ने दुनियाँलाई देखाउने काम पनि हुँदै छ ।’ प्रधानमन्त्रीले यती भन्दैगर्दा कार्की मुसुमुसु हासीरहेका थिए ।
ओलीले थपे ‘अब केही भ्रम बाँकी छन्, ती पनि दुई चार दिनमा चिरिन्छ । अनि सरकार के हो, एमाले के हो सबैले चिन्ने छन् ।’ आगामि चुनावमा जनताले एमालेलाई बाहेक अरुलाई मत दिनै नसक्नेगरि काम भैरहेको बताउँदै ओलीले पत्रकारहरुलाई पनि सरकारलाई साथ दिन आग्रह गरे ।
उनले फोटो खिच्ने, धुलाउने, समाचार छाप्ने, सुनाउने र देखाउने सबै मिडियालाई माथि उचाल्नेगरि सरकारले बजेट ल्याउने बताए । साथै जनताको हितमा बजेट आउने र एयरपोर्टमा विदेश जाने युवालाई देख्दा सबै हाँस्ने अवस्था ल्याइदिने बताए ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटो पत्रकार कार्कीले मदन भण्डारीका तस्बिर सञ्चारमाध्यममा प्रकाशन गरी दिएको योगदानको मूल्याङ्कन गर्दै उनलाई पुरस्कार दिइएको जानकारी गराए ।
उनले आउँदो वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार विषयमा अध्ययन गर्ने दुई विद्यार्थीलाई शोधपत्र तयारका लागि रकम समेत उपलब्ध गराउने जानकारी गराए । पुरस्कारका लागि रु १५ लाखको अक्षय कोष समेत स्थापना गरिएएको छ ।
पुरस्कारका लागि नारायण ढकाल संयोजक तथा शिव गाउँले र वासुदेव अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो ।
पुरस्कार पाएका कार्कीले आश्चय मान्दै एमालेको पुरस्कार आफुले पाउँदा अचम्म लागेको बताए । उनले सुरुमा नारायण ढकालले फोन गरेर जानकारी गराएपछि आफु अचम्ममा परेको र पुरस्कार पाउँदा एमालेले सबैलाई हेर्दो रहेछ भन्ने लागेको बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...