काठमाडौं, जेठ १५ – सरकारले आउँदो आर्थिक वर्ष २०७३/०७४ को बजेट शनिबार बेलुका ४ बजे व्यवस्थापिका–संसदमा प्रस्तुत गर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित समयमै बजेट ल्याउने निर्णय गरेको हो ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १० खर्ब ४० भन्दा बढीको बजेट ल्याउन लागेको हो । संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नु हुनेछ ।
बजेटमा नागरिकको जीवनस्तर माथि उठाउने योजनासहित भूकम्पपछिको पुनर्निर्माण, पूर्वाधार विकास तथा सामाजिक सुरक्षामा विशेष जोड दिइएको छ ।
नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकराले यसअघि एमालेको ९ महिने शासनकालमा ल्यएको बजेटकै शैलीमा बजेट ल्याउन लागेको स्रोतले बताएको छ ।
बजेटमा गामीण क्षेत्रका नागरिकलाई महसुस हुनेगरी कृषिमा आधुनिकिकरण, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै कर्मचारीको तलब बढ्ने भएको छ । समाजिक सुरक्षा भत्ता कायम राख्दै वृद्धवृद्धा, अपांगता भएका, अशक्त, एकल महिला तथा बेरोजगार युवाका लागि पनि बजेटमा विशेष कार्यक्रम समावेश भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...