सतिस भट्टराई
समयको अनुकुल नमिलेको हुदाँ टोकियाेबाट काठमाडौंको यात्रा नै लामो भयो, बिहे भएकाले किनमेल गर्दा गर्दै पर्बत मेरो गाँउ जान्न नै ढिलो हुन पुग्यो झन् पण्डितले घर पुगेको भोलि पल्टनै टिका टालोको साहित् जुराइदिए।
भोकाएको बाघले हरिण कुरेको जस्तै मेरो नजरले सिर्फ उनिलाई कुरेको थियो। सारी लगाएकी चिटिक परेकी एउटी केटी भित्र आर्इ, मलाई लाग्यो उनि नै हुन। हातमा भएको मोबाइलले मेरो फोटो लिईन अनि बाटो लागिन, कतैबाट आवाज आयो, दुलाहीको फुपू दिदि, मन मनै थुक्क भने। केहि समय पछि दुलाही भित्र प्रवेश गर्छिन, उनका आँखा रसिला थिए कतै आखामा पीडा लुकेको मेरो नजरले प्रस्ट देखेको थियो। टिकाटालोको सार्इत ढिलो भएकोले त्यहाँ सबै गफमा ब्यस्त थिए, मलाई उनिसंग बोल्न सारै रहर थियो। के खोज्छस कानो आखो भनेको जस्तै मेरो र उनको एकान्तमा गफ गर्ने मौका मिल्यो।
सुनसान कोठा उनको निहुँरीएको शिर, मेरो पहिलो प्रस्न सन्चै छौ भन्दा नबाेली मुन्टाे मात्र हल्लार्इन। मनमनै साेचे कुराकानी नै त हाे भनेर केही कुरा जानाैँ भनेर साेधे कस्ताे लागि रहेकाे छ? विवाह गर्न आफ्नो खुशीले की घरकाे भनेर साेधी दिए । अनि उ त के भन्नु, ज्वालामुखी पहाड पड्केको जसरि पड्किन थाली ।
Adsमेरो तीन वर्ष अघिबाट अर्कै केटासग प्रेम छ । उ अहिले अष्ट्रेलियामा भएकोले आउन मिलेन । अर्को मंसिरमा आउने भनेको छ। मैले जति भनेपनि घरकाले मान्दैनन । तपार्इकाे गलफेंण्ड छैन ? म त तपार्इसग विवाह गर्दिन, प्लिज तपाई केटी मन परेन भनेर रद्द गर्दिनुन भनेर रुन थाल्छे । म छाँगाबाट खसेको जस्तो भए । मेरो मुखबाट हस, हुन्छ भन्दा बढी शब्द निक्लिएन । कसाेकसाे कुरा मिलाएर टिकाटालो रद्द गर्दै घर फर्कियाै। उता ओल्लो गाउँबाट पल्लो गाउँ भरि टिकाटालो गर्न गएको केटा खाली हात फर्कियो भनेर ठुलो हल्ला भएछ। बिना गल्ति पनि उसलाई गाउँ भरि नंगाई छ । गाउँ चाैक गल्ल्ली देखि चौतारासम्म पनि अनुहार देखाउन नसक्ने भएपछि गाउँमा बस्न गारो भएर मेरो साथी मदन पौडेल विवाह नगरि जापान फर्कन बाध्य हुन्छ। नियतिले ठगे पछि कसको के लाग्दो रहेछ?
हरेक बाबु आमाको सपनाऽ उमेर पुगेको छोराको बिबाह आफुले चिनेको घरकी छोरीसंग विवाह गरि दिने अनि नाति नातिना हेर्ने चाहना हुन्छ। त्यसैअनुरुप जापान फर्किए पनि मदनलाई घर, साथी, आफन्तबाट धेरै केटीको कुरा आउछ । सामाजिक संजाल अनि धेरै माध्यमबाट नयाँ नयाँ फोटो साटासाट र केहीसंग धेरै थोरै गफ पनि भए ।
समयको व्यस्ताले कतिको म्यासेज फिर्ता गर्यो कतिको सकेन । उता म्यासेज फिर्ता नपाउनेहरु केटा ठुलो र घमण्डी रहेछ भनेकाे कुरा पनि थाहा पाउछ । समय एकैनास चल्दै थियो तर उसको जिवनमा त्यहि समयले उथल पुथल ल्याउदै थियो। यस्ता कुराले गाउँ समाजमा नराम्रो हुने सक्ने डरले नचाहादा नचाहादै पनि सामाजिक संजालबाट विस्तारै टाढिन थाल्छ ।
ऊ जापानमा फर्किए पनि तर गाउँघरमा गफ गर्नै कारण बन्याे रे । गाउँको चौतारा, पधेरासम्म उसकै नानाथरि गफ भएरे केही महिना । परिवारमा पनि दुःखीत बनाएको त्यो घटना पछि पर्वतकाे गाउँबाट अलि टाढा पोखरा तिर केटी खोज्न पुग्छन्। घरबाट सबै कुराकानी हुन्छ अनि बिहेको पाक्का पक्की भएपछि फेरी उ जापानबाट काम विदा मिलाएर नेपाल पुग्छ । गाउँ भरि नयाँ चर्चा मदनको विवाह हुने भएछ नी । उ घर पुगे पछि बल्ल थाहा पाउछ, उसलाई समाजले हेर्न थालेको चर्चा गरेको विषय । दिक्दार लागेको बेला केहीले आएर नयाँ केटी भेटनु अघि नै बधार्इ दिन्छन । हासेर धन्यवाद दिदाँ दिदा रिस नै उठेको हुन्छ उसलाई ।
पोखरामा केटी हेर्न जान्छ । केटीको परिवार अनि केटीसंग सबै कुराकानी हुन्छ । लव नपरेकाे केटी परिछ उ चै । अब बिहेको पक्का पक्की जस्तै भएको थियो सबै कुरा अनुकुल नै थियो। एक्कासी केटीको घरबाट केटीको दाइले जापानमा हुने केटालाई हाम्रो बहिनि नदिने भनेपछि याे विवाह पनि रद्द हुन्छ । कारण जापानमा भविष्य नभएकौले अरे। धेरै दुःख गर्नुपर्छ अनि । कारण यतिमात्र सिमित थिएन । पारी गाउँकी दुईवटा वच्चाकी आमा जापान पुगेर विहे नै भएको छैन भन्दा कति केटाले उनलाई पछयाएकाे अनि कति केटाहरु पैसा कमाउदै जथाभावी रक्सि खाएर बवाल गरेको घटना नेपालसम्म पनि पुगेको सुन्छ । मदनको साथी हरिले यस्तो भन्दा नेपालमा रक्सि चुरोट केही नखाने केटा जापान पुगेपछि रक्सि र चुरोट खाएको फोटो फेसबुकमा राख्ने गर्छन। गाँउघरमा यस्ता कुरालार्इ धेरै ध्यान दिएर हेरिन्छ ।
पढन गएको केटाकेटीहरु उतै सगै काेठामा वसेकोसम्म पनि गाँउमा खवर पुग्छ ।
यी सवै कुरा सुन्दा मदनलाई कुन दिन जापान गएकाे जस्तो लाग्छ । के कारणले जापान गएकै भरमा केटी नदिएको हो? जति नै विराेध गरेपनि कारण उही जापानमा भविश्य छैन भन्ने पाउछ । अब गाउँ समाजमा मुख देखाउँन गारो भएर कुम्लो बाधेर छुट्टी भन्दा एक महिना अघि नै मदन जापान फर्कन्छ । परिस्थितिबाट हार खाए पछि हिजोसम्म लव गर्ने हुन्न भन्ने उसको आमा बाबु आज बाबु तेरो लव परेको छैन? लव गर भन्न बाध्य भएका छन्।
के अब जापान हुने केटाहरुले केटी नपाउने नै हो त? जापानमा नेपाल सम्बन्धित धेरै संघ सस्था बने, विभिन्न कम्पनीको स्थापना गरिए, नेपालीलाई चाहिने नेपालमा जस्तो सबै सुविधा मिल्दै गएको छ। अब म्यारिज ब्यूरो पनि बनाउन सके धेरै राम्रो हुन्थ्यो होला। धेरै मेरो साथी मदन जस्ता अविवाहित युवा युवतिहरुको सपन पुरा हुने थियो । अविवाहित अवस्थामै जापान आउछौ, जापानमा नै भएको नेपाली केटाले केटी र केटीले केटा खोजी दिने सस्था म्यारिज ब्यूरो भएमा मदनले जस्तो अरु नेपालीहरुले दुःख पाउदैन थिए होला।


0 comments
प्रतिक्रिया दिनुहोस्...