‘ डेढ वर्षमा ‘मेलम्ची’ काठमाडौँ आइपुग्छ’– मन्त्री सिंह
काठमाडौँ / खानेपानी तथा ढल निकास विभागले भूकम्प प्रभावित जिल्लाका खानेपानी र सरसफाइ संरचनाको पुनःनिर्माण सुरु गरेको छ । गत वर्षको भूकम्पबाट क्षति पुगेका ३१ मध्ये १४ जिल्लालाई अति प्रभावित र १७ जिल्लालाई मध्यप्रभावित घोषणा गर्दै पुनःनिर्माणसँगै पुनःसंरचना गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । अति प्रभावित जिल्लामा गोरखा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र ओखलढङ्गा छन् । त्यस्तै अन्य प्रभावितमा धनकुटा, खोटाङ, सोलुखुम्बु, तनहुँ, बाग्लुङ, गुल्मी, पर्वत, पाल्पा, नवलपरासी, म्याग्दी, चितवन, लमजुङ, कास्की, स्याङ्जा, भोजपुर, सङ्खुवासभा र अर्घाखाँची छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...