-->
ट्रिपर पल्टिँदा एक जनाको मृत्यु

काठमाडौं, जेठ १७ – ललितपुरको बज्रबाराहीमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

आइतबरा राति बा २ ख ७२९३ नम्बरको ट्रिपर पल्टिँदा ट्रिपर चालक मकवानपुर कुलेखानी–२ का राजीव स्याङतानको घटनास्थलमा नै ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते सहचालक काठमाडौं साँखुका १८ वर्षका लक्ष्मण नगरकोटीको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.