-->
भारतमा दुई नेपालीको मृत्यु

भारतमा सडक मजदुरका रुपमा काम गर्दै आएका दुई नेपालीको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ देउलीकोट–५ का २२ वर्षीय वीरेन्द्र बोहरा र देउलीकोटकै २४ वर्षीय मोहन बोहरा रहेका छन्। 
 
मृतकका आफन्त गणेश बोहराका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागड जिल्लामा पर्ने रसैयापट्टा भन्ने ठाउँमा सडकमा काम गरिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको बताए। 
 
शुक्रबार सडकमा काम गरिरहेका बेला माथिबाट आएको पहिरोमा मृत्यु भएको भए पनि आफन्तलाई भने सोमबार मात्रै खबर भएको बताइएको छ । पहिरोे गएको ठाउँमा मृतक दुई नेपाली मात्रै काम गरिरहेका थिए । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.