-->
तीन वटा मोटरसाइकल ठोक्किँदा चार जनाको मृत्यु

सिरहा, जेठ ५ – सिरहाको लहानमा तीन वटा मोटरसाइकल ठोक्किँदा चार जनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । 

मंगलबार राति लाहान नगरपालिका–१२ भोटियाटोलमा स २ प ६७ स २ प १६०, स ३ प ९२०८ नम्बरको मोटरसाइकल ठोक्किँदा लहानका ४५ वर्षका नुजा सदाय, असनपुर–७ का ३५ वर्षका राम आशिष पासवान, गोलबजारका १८ वर्षका विवश सिंह र सप्तरी बरमपुर–३ का ५५ वर्षका लक्ष्मण रामको ज्यान गएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा गम्भीर घाइते सिरहा बेलकुवा–४ का ३५ वर्षका सर्बेस गोसामीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

कुन मोटरसाइकलमा को सवार रहेको  र कताबाट आएको हो भन्ने अझैसम्म खुल्न नसकेको ट्राफिक प्रहरीले बताएको छ । सबै शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.