-->
नेपाली चेलीहरूले अनायसी सास्ती भोग्नुपर्ने बाध्यता बारम्बार किन ?

अरब मा घरेलु काम मा जानु अगाडी यो समाचार पढ्ने र अरुलाई पनि सुनाउनु होला 

१८ नोभेम्बर(कुवेत),कुवेतिको घरमा कामगर्ने बिष्णु पादुका-८, सुनसरी कि ४० वर्षिय गंगाश्वरी राइ घर मालिकद्वारा मरसन्न हुनेगरी पिटीईएकी छिन भने उनको शरीरभरी कुटेका निल डाम र ब्लेडले काटिएको घाउहरु रहेका छन।
पीडित गंगा स्वरी राइले कोसेली न्युजलाई बताए अनुसार गत नोभेम्बर १६ तारिक राती घर मालिक्नीले लौरै-लौराले शिर देखि पाउ सम्मकुटेर दारी फल्ने मिसिनले जथाभावी चिरे पछि आफु बेहोस र होष आउँदा तेरो दूतावास लैदिन्छु भन्दै गाडीमा हालेर समुन्द्र किनारमा पातलो १-२ वटा घर भएको ठाउँमा फालेर गएको बताएकी छिन।

पहिला पनि ३ बर्ष कुवेत बसेर एम्नेस्टी खुल्दा दुताबास मार्फत फिङर प्रिन्ट गरेर नेपाल गएकी गंगाश्वरी नेपालका मुख्यएजेन्ट–राजकुमारी राई फोन नं. ९८०९०२०९७० र सहायकएजेन्ट–काशथापा ९८१८०६४९११ मार्फत कुवेत आएकी हुन भने कुवेतका लागि चुडा मणी भट्टराई उनको एजेन्ट हुन।

पीडितले आफ्नो काहानी भक्कनिदै सुनाइन,कुवेत आएको २२ दिनमानै भिषा लाग्ननसक्ने भन्ने थाहापाएर भिषानलाग्ने भए नेपाल फर्कन्छु भन्दा एजेन्टले मेरो पैसा फसेको छ,मेरो पैसा नतिरी जान पाउँदैनौ,भिषा लगाउन नमिल्ने भएकाले घुम्ति रुपमा १-१ घरमा पठाउने एजेन्टको कवुलियत थियो। शुरुमा ७० केडी दिने र ६ महिना पछि १०० केडी तलबदिने कवुल मौखिक रुपमा गरेको उनले बताइन।त्यसपछि ५ महिना एजेन्ट चुडामडि भट्टराइको कोठामा नै ५ महिना बिनातलब बसेको र पछि २-३ जना कुवेतीको मा १ महिना, डेढ महिना र ६ महिनाकाम गरेकोमा एजेन्टले ३ महिनाको मात्रै तलब नेपाल घरमा पठाइदिएको र बाँकी तलब नपाएको उनले बताइन।

८ महिना अगाडि फरवानियामा हाल कुटपिट गरेको घरमा पठाएको बताउदै त्यस घरमा गएपछि आफुसँग भएको फोन खोसिदिएकाले कतै कसैसँग सम्पर्क गर्न नपाएको तथा काम गर्न गएको घरमा बाबु आमा र ४ छोराछोरी सहित ६ जनाको परिवार रहेको उनले बताइन। सबैभन्दा ठुलो १० वर्षको र सबै भन्दा सानो ६ महिनाको बच्चा रहेको घरमा कुवेती बाहिर जाँदा सँधै बाहिरबाट ढोकामा चाविलगाएर जाने भएकोले भाग्न पनि नसकेको उनको कथन छ।यसै बिच तलब नपाएकाले तलब माग्दा मारिदिने धम्की दिँदै कुटपिट गर्ने गरेको उनले रुदै बताइन।
हाल नयाँ नेपाल क्लबका दिल पुनको सहयोगमा नेपाली दुताबासमा पुगेकी गंगाश्वरी राइले भनिन,मलाई विदेश जान्न भन्दा पनि तिमीसँग पैसा लिदैनौ भनि फकाएर नेपालबाट पठाउने एजेन्टलाई कडा भन्दा कडा कारवाहीहोस भन्ने चाहन्छु साथै म कुवेत आएपछि भिषा नलाग्ने भए नेपाल जान्छु भन्दा नेपाल जान नदिई मलाई इलिगलबनाई काममा लगाउने र कामगर्न गएको ठाउँमा शारीरिक यातना दिएर आजमलाई मरणासन्न अबस्थामा पुग्ने अबस्थाको बनाउने कुवेतको एजेन्टबाट मैले २ वर्ष भित्रमा पाउनु पर्ने तलब र उपचार खर्चको माग सहित म जस्ता कदिदीबहिनीलाई ललाइफकाई विदेश ल्याएर शारीरिक, मानसिक, श्रमिकशोषण गर्ने यस्ता ब्वाँसाहरुलाई कडा भन्दा कडा सजायँको मागगर्दछु।उनले २०१४ नोभेम्बर १६ बेलुका नया नेपाल क्लब कुवेतका दिल पुन,नेपालमजदुर संघ कुवेतका नवराज पराजुली, नब प्रतिभा युवा क्लबका दिनेश मल्लको नेतृत्वको प्रतिनिधि मण्डल र कोसेली न्युजका आनन्द आचार्य सबै सामु रुदै आफुलाई यस्तो अवस्थामा पुर्याउने उपर संबन्धित निकायको सहयोगमा करबाही र क्षतिपुर्तीको माग गरेकी हुन।
जिबनमा अत्प्रत्यासित आरोह-अबरोह खेप्ने क्रमामा १५ बर्ष अघी क्यान्सर रोग बाट श्रीमानको मृत्युत भए पछी साना-साना २ छोरीहरु हुर्काउने क्रममा कुवेतको मरुभुमीलाई दोश्रो पटक कर्म थालो बनाएकी गंगाश्वरीकी छोरीहरु कक्षा-१० र १२ मा पढ्दैछ्न।
यसै बिच कोसेली न्युज संग कुरा गर्दै नेपाली दुताबास कुवेतकी श्रम-सहचारी गोमा ढकालले आफुहरुले पिडित र उनले पाउने क्षतिपुर्ती तथा न्यायको बारेमा आन्तरिक छलफल गरिरहेको र पीडितले न्याय पाउने बताउदै आबस्यक परे कुवेतका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधिहरु संग छलफल गरिने बताइन।

यता यस्तै श्रम शोषणमा परेका नेपाली महिला कामदारहरुको उद्दारमा लागेको र पीडित गंगाश्वरी राइको उद्दारको लागि लागेर नेपाली दुताबास सम्म पुर्याउन सहयोग गर्ने नब प्रतिभा क्लब कुवेतका अध्यक्ष दिनेश मल्लले कोसेली न्युज मार्फत सम्पूर्ण कुवेतमा रहेका नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु, बुद्दिजिबी, पत्रकार र समाजका अगुवहरुलाई पीडितले सके सम्म छिटो न्याय पाउन सक्ने बाताबरण बनाउन नेपाली दुताबास संग सहकार्य गर्दै सबैलाई दुताबासमै बैठक र छलफलका लागि पीडित र पिडक दुबैलाई एकै ठाउँमा ल्याउने बातावरण बनाउन अनुरोध गरे। त्यसै गरी पटक-पटक सम्पर्क गर्दा पनि कुवेतका एजेन्ट चुडाराज भट्रराइसंग संम्पर्क हुन सकेन ।(तात्तातो खबरबाट साभार ) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.