-->
भूकम्पपीडितको घर निर्माणका लागि ५० लाख सहयोग

सुरुङ्गा (झापा)। झापाको बिर्तामोडमा रहेको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले भूकम्पप्रभावित क्षेत्रमा घर निर्माणका लागि ५० लाख सहयोग गरेको छ ।
सिन्धुपाल्चोकको सिपा पोखरेमा ११ वटा भवन निर्माणका लागि उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिनुभयो ।
प्रतिष्ठानका तर्फबाट अध्यक्ष ओलीले आइतबार मिसन रिडेबल नेपालका युवराज शर्मालाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभयो । सो क्रममा ११ वटा घर निर्माणका लागि सम्झौतासमेत गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.