-->
तेलमा नयाँ खेल:यसरी भयो निगमको पर्दाफास

तेलमा हुने खेलको बारेमा नेपाल आयल निगम लामो समयदेखि बदनाम बन्दै आएको छ । यसमाथि आयल निगमले आफ्ना डिपोहरुमा प्रयोग गर्दै आएको फ्लो मिटर तथा क्यालिब्रेसन टावरहरु नेपाल गुणस्तर तथा नापतौल बिभागबाट प्रमाणीकरण नै नगरेको तथ्य फेला परेको छ । यस्ले गर्दा इन्धनमा हुदै आएको चुहावटको एउटा भयानक तस्बिर सार्वजनिक भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको क्यालिब्रेशनमा अनियमितता भएको र सोबाट इन्धन खरिद गर्दा प्रति ३ हजार लिटरमा ५० लिटर एवं प्रति १२ हजार लिटर क्षमताको एक ट्याङरबाट ३ सय २४ लिटरसम्म तेल कम दिने गरेको आरोप लागेको छ । नापतौलका उपकरणहरु प्रत्येक २ बर्षमा प्रमाण्ीकरण गनुपर्ने ऐनमा व्यवस्था छ । निगमको अमलेखगंज डिपोको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको अनुगमन टोलीका सदस्य तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले खुलासा गर्नुभयो ।
तर यता आयल निगमले भने यस्ता आरोप गलत भएको जिकिर गरेको छ । यस्ता आरोपहरु निकै लाग्ने गरेपनि यस्मा सत्यता नभएको आयल निगमका निर्देशक मुकुन्द प्रसाद घिमिरेको दावी छ ।
आरोप प्रत्यारोप यो खेलमा इन्धनमा भएको यथार्थता भने सार्वजनिक हुन जरुरी छ । आम जनता माझ राम्रो छवि कायम गर्न नसकेकोे आयल निगम मातहतका निकायमा कुन हदसम्मको हर्कत हुन्छ भन्ने विषय बारम्बार सार्वजनिक हुँदै आएका छन् । फ्लो मिटर र क्यालिब्रेसन टावरमा देखिएको पछिल्लो विवाद छानविनको दायरमा ल्याउन आवश्यक छ नै ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.