-->
पति भन्दा बढी चर्चित रहेका बलिउडका ७ नायिका

बलिउडकी नायिका बिपाशा बसुले ३० अप्रिलमा करण सिंह ग्रोवरसंग विवाह गरिन। करण टिभीमा चिनिएका नाम हुन। तर बलिउडमा उनि चर्चित छैनन्। उनको दुइ फिल्म ‘अलोन’ र ‘हेट स्टोरी ३’ रिलिज भएका छन्।जसमा एक फ्लप र अर्को हिट भयो। बिपाशा भने बलिउडकी चुनिएकी नायिका हुन।
चर्चाकै तुलना गर्दा बिपाशा करण भन्दा निकै चर्चित छिन्। बिपाशा मात्र होइन बलिउडमा अन्य कयौं नायिकाले आफु भन्दा कम चर्चित व्यक्तिसंग विवाह गरेका छन्।
ऐश्वर्या राय-अभिशेक बच्चन
सन् १९९४ मा मिस वर्ल्डको ताज आफ्नो नाममा पारेपछि ऐश्चर्या चर्चामा आएकी थिइन। सन् १९९७ मा ‘और प्यार हो गया’ फिल्ममा उनले बलिउडमा कदम राखिन। ‘हम दिल दे चुके सनम’, ‘हमारा दिल आपके पास है’, ‘मोहब्बतें’, ‘देवदास’, ‘धूम २’, ‘गुरु’,’ जोधा अकबर’ जस्ता हिट फिल्म ऐश्वर्याको खातामा छन्। भारत बाहिर पनि ऐश्वर्याका फ्यान निकै छन्।
अभिषेक बच्चनको कुरा भने फरक छ। अभिषेकको पहिचान भने अमिताभ बच्चनको छोराको रुपमा नै हुने गर्छ। ऐश्वर्याको तीन वर्ष पछि ‘रिफ्युजी’ बाट अभिषेकले बलिउडमा इन्ट्रि गरेका थिए र लगातार फ्लप फिल्म दिए। ‘गुरु’, ‘दोस्ताना’, ‘धूम’ सिरिज, ‘सरकार राज’,’ पा’ र ‘बोल बच्चन’ जस्ता केही फिल्म सफल रह्यो। फ्यानको मामलामा पनि अभिषेक ऐश्वर्या भन्दा पछि नै छन्।
पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर )
माधुरी दीक्षित – डा श्रीराम नेने
माधुरी बलिउडकी एभरग्रीन नायिका मध्येकी एक हुन। उनले ‘तेजाब’, ‘राम लखन’, ‘परिंदा’, ‘दिल’, ‘साजन’, ‘बेटा’, ‘खलनायक’, ‘हम आपके है कौन…!’, ‘दिल तो पागल है’, ‘मृत्युदण्ड’ र ‘देवदास’ जस्ता चर्चित फिल्म खेलेकी छिन। माधुरी र श्रीरामको विवाह सन् १९९९ मा भएको थियो।
माधुरीसंग विवाह गर्नु अघि श्रीरामलाई निकै कमले चिन्दथे। आजपनि उनलाई माधुरीको पति भनेरै चिनिन्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.