माओवादी केन्द्रको पहिलो बैठक : पार्टी कार्यालयमा नअट्ने भएपछि पाटी प्यालेसमा बस्दै
काठमाडौं, जेठ ९ – नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको पहिलो बैठक आइतबार बस्दैछ । केन्द्रीय सदस्यको संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअट्ने भएपछि काठमाडौंको एउटा पार्टी प्यालेसमा बैठक बस्ने तयारी छ । एकीकृत माओवादी सहित माओवादीका अरु घटकहरुबिच पार्टी एकता भएपछि पहिलो बैठक बस्न लागेको हो ।
पार्टी एकता भएपछि सांगठनिक स्वरुप मिलाउन समस्या भएको छ । वरियताक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि नारायणकाजी श्रेष्ठ प्रकाश हुने कि रामबहादुर थापा बादल भन्ने विषयमा अझै विवाद छ ।
पदाधिकारीको आकांक्षी धेरै भएकाले कति सदस्यीय पदाधिकारी बनाउने भन्नेबारे पनि अन्योल छ । महाधिवेशन आयोजक समितिमा अझै संख्या थप्नेबारे पनि कुरा मिल्न सकेको छैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...