काठमाडौं – अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दि कलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दि कलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ ।
एसडी मार्केटमा भएको पहिलो संस्करणमा २ वटा, दोस्रो संस्करणमा ३ वटा र तेस्रो संस्करणमा ५ वटा स्टल राखेर नेपालको प्रतिनिधित्व गरेको र यसपटक अन्य ब्यबशायीले पनि भाग लिने पक्का भएकोले १० वटा स्टलमार्फत नेपाली उत्पादन बिश्व बजारमा चिनाउन सजिले हुने बज्राचार्यले बताए ।
लस भेगासमा हुने यस एक्सपोमा ४५ हजार भन्दा बढी स्टलमा २७ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाउने छन् । ९५ देशको सहभागिता रहने यो मेला ५५ बर्षदेखि चल्दै आएको छ ।
बिदेशीहरुले नेपाली उत्पादनलाई मन पराउँदै गएको र बिशेष गरि हातबाट बनेका सामानको माग बढि रहेको र यस्तो सामान मार्फत नेपाली निर्यातकर्ताले गुणस्तर कायम गर्न सके राम्रो हुने एएसडी मेलाका इन्टरनेशनल बिजनेश डेपलपमेन्ट मेनेजर स्टेफन स्ट्यागलियानोले बताए ।
होलसेल बजारमा चीनको प्रभाब राम्रो भएपनि आर्ट एण्ड क्राफ्ट डिजाइनमा नेपाल अझैपनि नम्बर एक रहेको बताउँदै स्टेफनले मेशिनबाट बनेको सामान भन्दा हातबाटै बनेको सामानप्रति खरिदकर्ताको चासो रहेको बताए ।
यस अघि भएको एक्सपोमा नेपालको तर्फबाट २० भन्दा बढी ब्यबशायीको सहभागिता रहने बताउँदै नेपालका लागि बिक्री प्रबन्धक सदिक खानले यो पटकको सहभागिता दोब्बर हुने जानकारी दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...