-->
एक वर्षमा ६२ लाख आप्रवासी चरा पासोमा, २० लाख मारिन्छन्

वैशाख २९ – मौसम अनुसार बासस्थान परिवर्तन गर्ने दशौं लाख आप्रवासी चरा हरेक वर्ष हराउने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । अवैध सिकार तथा किनबेचका कारण मौसम अनुसार बासस्थान परिवर्तन गर्ने आप्रवासी चरा लोप हुँदै गएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । यस्ता चराको रक्षाका लागि तत्काल काम गर्न नसके यिनीहरुको अस्तित्वनै गुम्ने घतरा रहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
आप्रवासी चराको रक्षका लागि सबैले उनीहरुको चिरचिर सबैले सुन्नु पर्ने चर विज्ञले बताएका छन् । हरेक वर्ष १० लाख भन्दा धेरै आप्रवासी चरा मारिने गरेको छ । तर यसको यकिन तथ्यांक भने छैन । चोरी शिकारीसँग बासस्थानको बिनास तथा जलवायु परिवर्तनका कारण पनि आप्रवासी चरा लोप हुँदै गएका छन् ।
परम्परागत रुपमा चराको शिकार गर्ने क्रम चलिरहेको भएपनि पछिल्लो सयम चराको ठूलो समूह नै एकै पटक पासोमा पार्ने क्रम बढेकाले समस्या जटिल बनेको चरा विदको भनाई छ । हरेक वर्ष ६२ लाख भन्दा धेरै चरालाई उनीहरुको बासस्थानबाटै अवैध रुपमा समातिने गरेको छ । चराले बासस्थान परिवर्तनका लागि प्रयोग गर्ने उत्तरी अमेरिकाको मार्गमा पासो राखेर ती चरालाई समातिने गरेको छ । यस क्रममा प्रत्येक वर्ष २० लाख चरा मारिने गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.