-->
दुर्घटनामा आमा छोरीको मृत्यु,घाइते छोराको पनि अवस्था गम्भीर

नेपालगन्ज, नेपालगन्ज–गुलरिया सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।

अस्पतालमा उपचार गराई मोटरसाइकलमा घर फर्कदै गरेका आमा, छोरी र छोरा सवार भे२प ९०२५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना४ख ७१३४ नं। ट्रकले पछाडिबाट ठक्कर दिँदा गुलरिया नगरपालिका–८ की शोभादेवी पराजुली र उनकी छोरी माधुरीको मृत्यु भएको छ भने छोरा सोनज पराजुली घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते सोनजको अवस्था पनि गम्भीर रहेको र थप उपचारका लागि भारतको लखनाउन लगिएको बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.