-->
बंगलादेशमा भिषण आँधी ६ को मृत्यु कैयौं घाइते

बंगलादेश तिर बढि रहेको साइकोल्निक  आँधीले हजारौं मानिसलाई घर छाडेर हिड्नु पर्ने बाध्यता बनाएको छ । अहिले सम्म उक्त आंधीबाट ११ वर्षीय बालक सहति छ जनाको मृत्यु भई सकेको छ भने कैयौं घाइते भएका छन् ।

ronau-4-web_0

६० देखि ८० किमीको गतिमा आएको आँधी पूर्व क्षेत्र देखि उत्तर पूर्वीय दिशामा बढि रहेको छ । आँधीका साथै भिषण हावाहुरी र भारी बर्षका कारण ठाउँ ठाउँमा रुखहरु ढल्नुका साथै कैयौं घरहरु डुबानमा परेका छन् । जस्मा धेरै मानिसहरु फसेको आशंका गरिएको छ । । कयां विमान स्थल र बन्दर्ग्राहहरु बन्द गरिएको छ ।

अधिकारीहरुले बताए अनुसार आंधी अझै बढ्न सक्ने आशंकाका कारण तल्लो तटिय क्षेत्रका २० लाख भन्दा धेरै मानिसलाई अन्य सुरक्षित स्थनामा सार्ने कोशिसमा अधिकारीहरु लागेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.